लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी । कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ गरिएको छ ।बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाअनुुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका– ४ बस्ने ३२ वर्षीय प्रेम चौधरी र भजनी नगरपालिका– ८ बस्ने ३५ वर्षीय पर्शुराम चौधरी रहेका छन् ।

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक(सई) सुशिल चन्द र इप्रका सुखडको संयुक्त टोलीले उनीहरु सवार सु प प्र ०१००८ प ३५१२ नम्बरको मोटरसाइकलसहित १० किलो खपटा बरामद गरेको हो ।

खपटासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेको छ ।

प्रदेश प्रहरी कार्यालयले पछिल्लो समय वन्यजन्तुको ओखेटोपहार तस्करीलाई लक्षित गरेर अप्रेशन चलाएको छ ।

यसअघि गत पुसमा पनि कैलालीको चुरेबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बाढिले हुलाकि राजमार्ग कटान गर्दा पुर्व पश्चिम हुलाकी सडक अवरुद्ध

टीकापुर/ कैलालीको टीकापुर स्थित पुर्व पश्चिम हुलाकी सडक बाढिले कटान गर्दा अवरुद्ध भएको छ ।बाढिले करिव दुई सय पचास मिटर कालाेपत्रे कटान गरि बगाएको छ

अझै पढ्नुहोस्
समाचार

मत माग्दै धनगढी पुग्यो इन्जिनियर लोकतान्त्रिक समूह

धनगढी/नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ आै केन्द्रीय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहका उम्मेदवारहरु धनगढी आइपुगेका छन् । भदौ २८ गते हुने

अझै पढ्नुहोस्
समाचार

१९ जना लाई सिलाइकटाइ मेसिन सहयोग

मोहित श्रीपाइली,सत्ति / दिगो विकास समाज भजनिले सिलाइकटाइ सामाग्री हस्तान्तरण गरेको छ । बुधबार सत्तिमा भएको एक कार्यक्रममा साे सामाग्री हस्तान्तरण गरिएको हो । पाेषण

अझै पढ्नुहोस्
समाचार

कैलालीमा ७ लाख ८२ हजार २५ बिरुवा उत्पादन

जमुना न्युरे/कैलाली जिल्लामा रहेका सब डिभिजन बन कार्यलयहरुले आथिक बर्ष २०८०/२०८१मा कैलाली जिल्ला विभिन्न ठाउँमा ७ लाख ८२ हजार २५ बिरुवा उत्पादन गरिएको छ ।

अझै पढ्नुहोस्