लम्कीचुहा प्रादेशिक अस्पताल विवादमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

शेयेर गर्नुहोस

धनगढी/सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले लम्कीचुहा प्रादेशिक अस्पतालको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालजस्तो संवेदनशील संस्थामा देखिएको असहज अवस्थालाई संवाद र सहकार्यमार्फत समाधान गर्न सबै पक्षलाई आग्रह गरेको हो।

मन्त्रालयका अनुसार २०८३ वैशाख ३१ गते सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयबाट खटिएको टोली अस्पतालको स्थलगत अनुगमन तथा वास्तविक अवस्था बुझ्न पुगेको समयमा केही व्यक्तिबाट मन्त्रालयका कर्मचारीमाथि असहयोगपूर्ण तथा अनुचित व्यवहार गरिएको थियो। उक्त घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै यस्तो व्यवहारले समाधानभन्दा झन् समस्या बढाउने उल्लेख गरेको छ।

विज्ञप्तिमा अस्पताल केवल एउटा संस्था मात्र नभई नागरिकको आशा र जीवनसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले स्वास्थ्य सेवा प्रभावित नहुने वातावरण बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले आवश्यक तथ्य र प्रमाणका आधारमा उचित पहल गरिने विश्वाससमेत दिलाएको छ।

सामाजिक विकास मन्त्रालयले प्रदेश सरकारको निर्णयअनुसार प्रचलित ऐन तथा नियमावली बमोजिम लम्कीचुहा प्रादेशिक अस्पतालको आर्थिक, भौतिक तथा जनशक्ति व्यवस्थापन गर्ने कार्यमा मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। साथै अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट, लेखा अधिकृत र प्रशासनिक अधिकृतसहित केही कर्मचारी खटाइसकिएको जानकारी पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

मन्त्रालयले केही दिनभित्रै सेवा सञ्चालनलाई थप सहज र प्रभावकारी बनाउने तयारी भइरहेको जनाएको छ। समस्या समाधान टकरावबाट नभई सहकार्य, संयमता र जिम्मेवार संवादबाट सम्भव हुने उल्लेख गर्दै प्रदेश सरकार तथा नेपाल सरकारका निर्णय कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको मन्त्रालयको भनाइ छ।

ताजा खबर

Roulette Online India VIP: A Complete Guide

Exploring the Landscape of Best New Online Casinos in Canada

Zabava v Kasinách Najlepšie Vyznanie – FamBet Casino

Mobile Roulette for iOS India Premium: A Comprehensive Guide

Free Online Blackjack: A Comprehensive Guide for Athletes

Top Online Slots: A Guide to the most effective Gamings in the Online Casino Globe

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपालमा सुरक्षीत गर्भपतन पहुँच प्रबर्द्धन गर्न सञ्चार माध्यमको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सप्पन्न

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा नेपालमा पछिल्लो समयमा सुरक्षीत गर्भपतन कानुनी मान्यता पाय पनि अझै पनि जनचेतना को कमिले ग्रामीण क्षेत्रमा असुरक्षित रुपमा गर्भपतन गराउने

अझै पढ्नुहोस्

Искушение азарта и султан казино скачать для побед в роскошном мире золотых фриспинов и мультивпликаторов

Искушение азарта и султан казино скачать для побед в роскошном мире золотых фриспинов и мультивпликаторов Уникальная система мультипликаторов: ключ к крупным выигрышам Как работают мультипликаторы

अझै पढ्नुहोस्