मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखियो

शेयेर गर्नुहोस


धनगढी/कैलालीमा एक बजारको नाम परिर्वतन गरिएको छ । जिल्लाको बर्दगारीया गाउँपालिका –४ मा पर्ने साविकको मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखिएको वडा अध्यक्ष जगत बहादुर शाहीले बताए ।

मुडा बजारको नामले यहाँ बस्ने हामीहरुको पनि बजारकै नामका कारण मजाक गर्ने र कुरा कुरामा नराम्रो सोचेर बोल्ने, मुडामा बस्नेहरु भनेर गिज्याउने भएकाले पनि बजारको नाम फेरिएको स्थानीय तथा साविकको मुडा बजारका अध्यक्ष धनमन सापकोटाले बताए । आफ्नै कार्यकालमा पनि नाम परिर्वतन गर्ने सोचेको तर त्यो बेला सबैको सहमति नभए पछि गर्न नसकिएको उनले बताए ।

यस्तै कोटागढी पुरानो नामका साथै शाब्दिक अर्थ समेत राम्रो भएको र यो पुख्यौली नाम पनि भएकाले नाम परिर्वतन गर्न आफुहरु सबैको सहमति भएको स्थानीय लेखा शर्माले बताइन् ।

साविक मुडा बजारको छैटौँ साधारण सभाबाट सबैको सहमतिमा बजारको नाम परिर्वतन गरेको र यस बाजरसँग सम्बन्धित अन्य कार्यालहरुमा पनि मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी राख्नको लागि अपिल गरेको वडा अध्यक्ष शाहीले बताए ।

ताजा खबर

Ruletka na prawdziwe pieniądze – poradnik dla graczy

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

आज देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

अप्सरा बुढा,टीकापुर/कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)

अझै पढ्नुहोस्