मस्तिष्क मृत्युबाट हुने अङ्गदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया सप्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी / अङ्गदान र मृगौला पत्यारोपणामा महिलाहरु ८०% पुरुष लाई दिएर बचाएको पाइयो तर महिलाहरु आफू तेहि बिरामी पर्दा पुरुष हरुले आनाकानी गर्ने गरेको सहिद धर्मभक्त राष्ट्रिय पत्यारोपण केन्द्रका कर्यकारी निर्देशक डा .पुकार चन्द्र श्रेष्ठ को दाबी ।

उहाँ भन्नू हुन्छ भगवानले मान्छेलाई दुई वटा मृगौला दिएको छ। एउटा मृगौला ले मान्छे बाच्न प्रयाप्त हुन्छ । तर जनचेतना को अभाव ले अङ्गदान गर्न डराउने गरेका छन् । घरपरिवारमा पुरुष बिरामी भएमा महिला आफ्नो अङ्गदान गरेर पनि पुरुष बचाउन पछि पर्दैनन् महिला तर तेहि महिला बिरामी भएमा पुरुषले आफ्नो अङ्गदान गर्न मान्दैन, पुरुषहरुले अङ्गदान र प्रत्यारोपणमा पनि महिला माथी बध्याकारी गरि हिंसा गरि रहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशको रेफ्रल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यवस्था मिलाउनको लागी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बिच सेती प्रादेशिक अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर बिच सम्झौता भएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र को आयोजना र सुदूरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको सहकार्यमा आयोजित मस्तिष्क मृत्यु (ब्रेन डेथ) बाट हुने अङ्ग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त सम्झौता समेत गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र को आयोजना र सुदूरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको सहकार्यमा आयोजित मस्तिष्क मृत्यु (ब्रेन डेथ) बाट हुने अङ्ग दान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त सम्झौता समेत गरिएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढी बाटै मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउन गरिएको सम्झौता पत्रमा सेती प्रादेशिक अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले गरेका थिए ।

मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक डा. जगदीश जोशी, राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ लगायतका विज्ञ स्वास्थ्यकर्मीहरुकोे टिम, सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सांसद पूर्णा जोशी, सामाजिक बिकास मन्त्री गोबिन्द बोहरा लगायतका३५ जना ब्यक्ति हरु ले अङ्गदान प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रममा सेती प्रादेशिक अस्पतालका सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व श्रम तथा रोजगार मन्त्री रमेश लेखक तथा पत्रकार, अन्य राजनीतिक दल एवम् साजका प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

ताजा खबर

Spin-Dinero-Casino – Gewinnchancen und Strategien bei den Slot-Machines

Free Slot Machines Offline: A Guide to Playing Port Games Without a Web Link

Glück bringt Fortsetzung am LuckyStart Casino

The Fowl Fortune on Chicken Road Slots

The Ultimate Guide to Roulette Game Live Casino

Sveiki Šaukums Hotline Casino, Kasino Žausmus

सम्बन्धितखवर

छुटाउनु भयो कि !