मुलपानिमा पानीको सतह घटाउन टीकापुर नगरपालिकाले डाेजर चलायाे

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर – २ स्थित जनशक्ति सामुदायिक वन मुलपानीमा टिकापुर नगरपालिकाले डाेजर चलाएको छ । मुलपानि क्षेत्रकाे पाेखरिमा नुहाउने क्रममा पटक पटक डुबेर ज्यान जाने गरेकोले पाेखरिकाे पानीको सतह कम गर्न डाेजर चलाएको हो ।

पर्यटकीय क्षेत्र मुलपानिमा नुहाउने क्रममा पटक पटक दुर्घटना घटेकाले पाेखरिकाे पानीको सतह घटाइएको टिकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैराले बताउनुभयाे । पानी बाहिर जाने मुहान अलिक चाैडा र गहिरो पारिएको नगर प्रमुख रामलाल डगाैराले जानकारी दिनुभयाे ।

टीकापुर नगरपालिकाका नगर प्रहरी ,प्राविधिक कर्मचारी सहित जेसिवि सहित मुलपानि पुगेका नगर प्रमुख डगाैराले पर्यटन पर्यावरणीय क्षेत्र भएकोले पर्यटन संगै जाेड्दै पानीको सतहलाइ घटाउने काम भएको बताउनुभयो । मुलपानी क्षेत्र घुम्न र नुहाउन आउने पर्यटकलाई पनि सुरक्षाको लागि सतर्कता अपनाउनु पर्ने बताउनुभयाे ।

शनिबार जानकी गाउँपालिका–८ पहाडीपुर का २० वर्षका पुष्पराज उपाध्यायकाे नुहाउने क्रममा डुबेर मृत्युु भएको थियोे । साथीसँग नुहाउन गएका उपाध्याय नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए । उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको थियो ।

जनशक्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिर्घ तिरुवाले अहिलेसम्म टिकापुर नगरपालिकाले मुलपानि क्षेत्रकाे विकासका लागि सहयोग गरेको र सुरक्षाका मापदण्ड सहित नुहाउने व्यवस्था मिलाउने बताउनुभयो ।

मुलपानि क्षेत्रमा भ्रमण र नुहाउनका लागि सामुदायिक वनले शुल्क लिने गरेकोले पर्यटकको सुरक्षा सामाग्रीकाे व्यवस्था गर्नुपर्ने स्थानीयकाे भनाइ रहेको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिक पोष्ट डिजिटल पत्रिकाको प्रकाशन शुरु

काठमाडौ/नेपाल ट्रेड युनियन काँग्रेस प्रचार विभागले श्रमिक पोष्ट नामक डिजिटल पत्रिकाको प्रकाशन शुरु गरेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र

अझै पढ्नुहोस्
समाचार

वन मन्त्रालयले टेम्पो प्रकरणमा पाँच सदस्यीय घटनाको छानबिन समिति गठन

धनगढी, १ असार / कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट पल्टाइएको भन्ने विषय सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेश सरकारले

अझै पढ्नुहोस्