बोगटान फुडसिल गापा र भैतिक विकास मन्त्रालय बिच सम्झौता

शेयेर गर्नुहोस


धनगढी/बोगटान फुडसिल गाउँपालिका र सुदुरपश्चिमप्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय बिच पहुँच मार्ग निर्माण गर्ने सम्झौता ।


सेती र बुढिगगाको दोभानमा निर्माण हुने एस आर6 ४५० मेघावाट बिधुत परियोजनाको डयाम साईड जाने पहुँच मार्ग निर्माण गर्न आज बोगटान फुडसिला गाउँपालिका र सुदुरपश्चिमप्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालय बिचको सम्झौता सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको उपस्थितिमा सम्पन्न भएको छ ।


उक्त सम्झौतामा गाउँपालिकाले पहुँच मार्ग निर्माणमा सहजीकरण गर्ने,पहुँच मार्ग डिपिआर, बाताबरणीय अध्ययन , जग्गा र सामाजिक तथा अन्य समस्या समाधानमा सहजीकरण गर्ने र पहुँच मार्ग निर्माणका लागि आवश्यक बजेट सुदुरपश्चिम प्रदेश भौतिक पुर्बाधार बिकास मन्त्रालयले गर्ने उल्लेख गरिएको छ। उक्त सम्झौतामा मन्त्रालयका तर्प्जबाट उप सचिब (डिइ ई)मोहन कुवर र गाउँपालिका अध्यक्ष कमल बहादुर गडशिलाले हस्ताक्षर गरेका छन ।


सम्झौता पछि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाले सबिधानको भावना अनुरुप तिनै तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्व मर्म अनुसार यो सम्झौता देश मै पहिलो र एतिहासिक भएको बताउनु भएको छ । यो परियोजना निर्माण भएपछि सबै तहका सरकारका लागि गेमचेन्जर परियोजनाका रुपमा हुने बताउनु भएको छ ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य माननीय शिव सिह ओलिले प्रदेश सरकारको मह्त्वपुर्ण सम्झौताका लागि धन्यवाद दिदै सम्झौताको प्रशंसा गरेका छन भने गाउँपालिका अध्यक्षले प्रदेश सरकार गाउँपालिका मै आएर यो सम्झौता गरि दिनुभएकोमा माननीय मन्त्री देउवाको काम गर्ने र केही गरौ भन्ने हुटहुटीको प्रशंसा गर्दै पालिका सरकारको प्रदेस्ग सरकार अभिभावक भएको महसुस भएको बताउनु भएको छ र पालिकाले सम्झौता अनुसारको कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सापकोटा

सुखड।  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हरि सापकोटा निर्वाचित भएका छन् ।  ३२१ मत प्राप्त गरेर अध्यक्षमा

अझै पढ्नुहोस्
समाचार

टीकापुरका नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा दुई दिन देखि भएको नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।विहिवार नगरपालिका विच सेवा सुविधा बढाउने सहमति पछि आन्दोलनका

अझै पढ्नुहोस्
राजनीति

सरकारले टीकापुर घटनाकाे मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई दियो निर्देशन

टीकापुर/ सरकारले टीकापुर घटना सम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ। सरकारले टीकापुर घटना सम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको छ।

अझै पढ्नुहोस्
समाचार

स्वास्थ्यकर्मीको आन्दोलनमा संघसंगठनको साथ

जमुना न्युरे ,धनगढी  /धनगढी उपमहानगरभित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।

अझै पढ्नुहोस्