बोगटानी गायक जानु बमको नयाँ गित भुल्लिगै मुटुकी माया’ सार्वजनिक 

शेयेर गर्नुहोस


दिपक बहादुर वि.क,कैलाली / बोगटानी गायक जानु बमको नयाँ गित “भुल्लिगै मुटुकी माया’ शनिबार सार्वजनिक भएको छ। गायक ज्ञानु बम र गौरी भट्टको स्वरमा उक्त गित रहेको छ। देउडा गीत सुरेन्द्र बिक स्मृतिकीको शब्द तथा गायक ज्ञानु बमको लयमा रेकर्ड भएको गीतको म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको हो  ।


चौतारी म्युजिक प्रालि युटुव च्यानलबाट सार्वजनिक भएको गीत  मुर्चुङ्गा डिजिटल काठमाडौँमा रेकर्ड भएको हो । रमेश बिजुली बिसीले निर्देशन गरेको यो गीतको मुख्य अभियानमा रमेश बिजुली बिसी, जुना सिंह, अनुस्पा केसी र आँचल नाथ रहेका छन् । भिडियोको छायाङ्कन जहित बुढा र सम्पादन पिआर जोशीले गरेका हुन् । गितक‍ो एरेन्ज सञ्जय श्रीपाल र मिक्सिङ गोविन्द वलीले गरेका छन्।

डोटी जिल्ला बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ मा वि.स २०४१ सालमा पिता चक्र सिंह बम र माता आमा महेश्वरा इस्वरा बमको कोखबाट जन्मिएका उनी बाल्यकाल देखि नै विभिन्न गित संगितमा आैधी रुचि राख्दै आएका हुन । उनको पढाई कैलाली जिल्ला महेन्द्र शिशु माध्यमिक बिद्यालबाट एस.एल.सी पास गरेका हुन।
गायक ज्ञानु बमको स्वरमा ‘मेरा प्यारा बोगटान’,  ‘एक फेरा बोली दे’, ‘नशालु आँखा’, ‘जोबन दिजा बयाना’ लगायतका गीत साङ्गीतिक बजारमा छन् । पछिल्लो समयमा उनका सांगीतिक कोसेलिहरूले बजारमा चर्चा छाईरहेका छन्।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !