बाढीपीडित किसानले पाएनन् धानकाे मुल्य, व्यापारीकाे मनपरि मुल्य

शेयेर गर्नुहोस

टीकापुर/ टीकापुर लगायत कैलालीका बाढीपीडित किसानहरुले सरकारले ताेकेकाे मुल्य पाउन सकेका छैन ।
सरकारले धानकाे मुल्य ताेके पनि धान खरिकाे लागि सरकारि काटा नलाग्दा किसानले धानकाे मुल्य पाउन नसकेका हुन । सरकारि काटा नलाग्दा सरसरकारले तोकेको भन्दा धेरै कम मूल्यमा स्थानीय व्यापारीहरुलाई धान बिक्री गर्न बाध्य भएको टीकापुरका किसान रमेश चौधरी बताउनुभयाे । उहाले भन्नुभयाे, ‘यस वर्षको धान सबै वर्षाले ध्वस्त पार्यो। बर्षा आउनु पहिले थन्क्याएको धान बिक्री गरिरहेका छौँ। तर भने जस्तो मूल्य पाइरहेका छैनौ।’ अन्न भण्डारको रुपमा चिनिने कैलाली कञ्चनपुरका किसान धान बिक्री गरेरै दैनिकी चलाउने गर्दछन्। तर धान बिक्री गर्दा भने वर्षभरी गरेको मेहनेत र लगानीसमेत नउठ्ने हुँदा किसानहरु चिन्तित भएका छन् ।

सरकारले निर्धारण मूल्य तोक्ने तर खरिद नगर्ने समस्याका कारण किसानहरु पीडित बन्दै आएको अर्का किसान रामदुलारे चौधरी बताउँनुभयाे । व्यापारीहरुले एक हजार तथा १२ सयमा मात्रै धान खरिद गरिरहेको उहाँले बताउँनुभयाे । ‘अलिकती बचेको छ त्यसै बिक्री गरेर तिहार खर्च जुटाउने तयारीमा छौँ,’ उहाँले भन्नुभयाे, ‘व्यापारीले हजार, १२ सय मात्रै भनिरहेका छन् । खाद्यले समयमै खरीद गरिदिए सहज हुने थियो।’ तिहारको खर्च जुटाउन भए पनि धान सस्तोमा बिक्री गर्न बाध्य भइरहेको कृषकहरु बताउँछन्। किसानको खेतबाटै धान खरिद गर्न उदासिन देखिएको सरकारले मूल्य भने प्रत्येक वर्ष निर्धारण गर्दै आएको छ।

यस वर्षपनि सरकारले मोटो धानको न्यूनतम मूल्य प्रतिक्विन्टल दुई हजार सात सय ५२ रुपैयाँ र मध्यम धान दुई हजार आठ सय ८५ रुपैयाँ तोकेको छ। तर सरकारी निकायले धान खरिद कोटा भने लगाएको छैन। जसका कारण किसान सस्तोमै व्यापारीलाई बेच्न बाध्य छन्।

ताजा खबर

The Ultimate Guide to Casino Slot Tournaments for Players

Igre v Betandyou kraljestvo spleta

Kaleo Casino: Kansspel op de Gokkast met Aantrekkelijke Rijksloten en Winningsuitdagingen

Giocando con i Macachi al Monkeybet Casino

Spinju Casino: Das Glück im Spiel

Gry Automaty w Kasynie Fantasino

सम्बन्धितखवर

छुटाउनु भयो कि !