फागुन १६ गते एमसिसीको बिरुद्धमा नेपाल बन्दकाे घाेषणा

शेयेर गर्नुहोस

टीकापुर/सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी व्याख्यात्मक टिप्पणी सहित संसदबाट पास गर्ने तयारी गरिरहेका बेला १६ गते नेपाल बन्दको आव्हान गरिएको छ ।

एमसीसी बिरोधि गठबन्धको आइतबार अपरान्ह बसेको बैठकले विज्ञप्ति मार्फत फागुन १६ गते नेपाल बन्द आव्हान गरेको हाे ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले नेपाल बन्दकाे आह्वान गरेका हुन् ।

यी ५ पार्टी र मोर्चाले एमसीसी संसदमा लैजानु भन्दा पहिलेदेखि नै बिरोध गर्दै आएका छन् । संसदमा टेबल गरिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामाथि आइतबार दिउसो देखि छलफल चलिरहेको छ । देउवा सरकारले आइतबार एमसीसी पास गर्ने तयारी समेत गरेको थियाे ।

नेपाली र अंग्रेजी दुबै भाषामा लेखिएको व्याख्यात्मक टिप्पणीमा एमसिसी अमेरिकी सैन्य गठबन्धनको रणनीति नभएको, यो सम्झौता नेपालको संविधान र कानुनभन्दा माथि नरहेको लगायत बुँदाहरू समेटेर पास गर्ने तयारी भएको थियाे ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त

कैलाली : सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका सबै (४) जना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक

अझै पढ्नुहोस्