TRENDING
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Kasyno online Vulkan Vegas – Bonusy i rejestracja
Next
Prev

प्रेस युनियन कैलालीद्धारा रक्तदान सचेतनामुलक कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

धनगढी– कैलालीको धनगढीमा पत्रकार लक्षित रक्तदान सचेतनामुलक कार्यक्रम गरिएको छ । सामाजिक विकास मन्त्रालयको सहयोग तथा नेपाल प्रेस युनियन कैलालीको आयोजनामा रक्तदातालाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यसहित सोमबार सो सचेतनामुलक कार्यक्रम गरिएको हो ।


नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको कार्यक्रमको समुदघाटन सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले गरेकी थिइन । सो अवसरमा उनले रक्तदान अहिलेको आवश्यकता रहेको बताइन । उनले विशेषतः विरामीहरुको ज्यान जोगाउन रगत आवश्यक पर्ने भएकाले त्यसको पुर्ति गर्न सबैले रक्तदान गर्न जरुरी रहेको बताइन ।


सुदूरपश्चिमका केही सीमित जिल्लामा मात्र ब्लड बैंक स्थापना गरिएको औल्याउँदै उनले भनिन् ‘मन्त्रालयले छिट्टै ९ वटै जिल्लामा ब्लड बैंक स्थापनाका लागि गृहकार्य गरिरहेको छ ।’
रक्तदानले समुदायमा ठूलो योगदान पुग्ने पनि उनले बताइन् ।

सो कार्यक्रममा रक्तदान सद्भावना दुत दीपक उपाध्याय र पत्रकार प्रदिप पाठकले रगत दिँदा हुने फाइदा र समाजमा पर्ने सक्ने सकारात्मक प्रभाव, रक्तदानको सकारात्मक पक्ष लगायतका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह, कैलाली जिल्ला अध्यक्ष श्रवण देउवा, प्रेस युनियनका केन्द्रीय सदस्य हिमाल जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


नेपाल प्रेस युनियन कैलालीका उपाध्यक्ष सुनिल आउजीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर बोहराले गरेका थिए भने कोषाध्यक्ष गगन अयडीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

Winita Casino in Italia – bonus e promozioni disponibili per i giocatori

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी पत्रकारहरुसँग अभिकरण कार्यक्रम सम्पन्न

जमुना न्युरे,धनगढी/ कैलालीको धनगढी उपमहानगर पालिकामा जिल्ला स्वास्थ्य कार्यलय धनगढीले हात्तीपाइले रोग विरुद्ध आम औषधि सेवन सम्बन्धी सरोकारवाला निकाय सङ्ग एकदिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको

अझै पढ्नुहोस्
समाचार

महोत्सवको उद्घाटन सुदूर पश्चिम प्रदेका उद्योग,वन,वातावरण तथा पर्यटन मन्त्रीले गर्ने

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिर परिसरमा लाग्ने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव-२०८१ को तयारी पुरा भएको छ । हो“हमार संस्कृति हमार पहिचान,संस्कृति जगेर्ना

अझै पढ्नुहोस्
समाचार

एकता बचत तथा ऋण सहकारीकाे वार्षिक साधारणमा सहकारीका संस्थापक अध्यक्ष बुढा सम्मानित

धनसरा बुढाटीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे नवाै वार्षिक साधारण सभाले सहकारीका संस्थापक अध्यक्ष लाेक बहादुर बुढालाइ सम्मान गरेकाे छ ।

अझै पढ्नुहोस्