प्रेस युनियन कैलालीको तिज बिशेष कार्यक्रम धनगढीमा सम्पन्न

शेयेर गर्नुहोस

धनगढी, ११ भाद्र/नेपाल प्रेस यूनियन कैलाली शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । कैलाली शाखाले हिन्दु नेपाली नारीहरुको विशेष पर्वका रुपमा मनाइने तिजको अवसरमा शनिवार तिज विशेष तथा दरखाने कार्यक्रम मनाउँदै शुभकामना आदानप्रदान गरेको छ । कार्याक्रममा कैलालीका पत्रकारहरुको बाक्लो उपस्थीती थियो । तिजको शुभकामना दिँदै हिन्दु परम्परा अनुसार ‘दर’ खुवाएको धनगढी शाखाका अध्यक्ष श्रवण देउवाले बताए ।

हिन्दु नेपाली नारीको महान् पर्व तिज हरेक वर्ष मनाइने भएकाले महिला दिदिबहिनीका लागि यो पर्व विशेष रहने उनको भनाई छ । त्यसैले पनि हामीले सोही परम्परालाई आत्मसाथ गर्दै तिजको अवसरमा ‘दर’ खुवाउने कार्यक्रमको आयोजना गरेको बताए ।

तिज बिशेष कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाकी पुर्व उप प्रमुख शुसिला मिश्र भट्ट भनिन् तिज बिशेष कार्याक्रम मनाउनु सोभाविक हो तर तिजको नाममा अहिले बढी खर्चिलो र भड्किलो नगर्न हुन निर्देशन दिएकी छन । भट्टले भनिन्,“तिजको बेलामा आफ्नै घरमा बसेर परीवार संग मेलमिलाप गरेर मनाउने पर्व हो । यस तिजलाई सदभाव तरीकाले मनाउनु पर्ने हुन्छ ।”

“अहिले बिदेशमा पनि नेपाली नारी दिदि बहिनीहरुले पनि तिज मनाएको सुन्दा निकै खुशि लाग्छ । किन भने हिन्दु नेपाली नारीहरुको बिशेष तिजलाई तेस्रो मुलक सम्म चिनाएको छ , हामीले तिजको पुरानो रितीरीवाजलाई कहिले बिर्षनु हुन्न । ” जसरी पार्वतीले शिवलाई पाउनुका लागी दुःख गरेको थियो हामीले पनि हाम्रा दाजु भाई,श्रीमानको दिर्घायूको कामना गर्नु पर्ने भट्टले बताईन ।

नेपाल प्रेस युनियन कैलालीकी उपाध्यक्ष भावना जोशीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट रहेकी थिईन् । युनियनकी सहसचिव अनिता चौधरीले स्वागत गरेकको कार्यक्रमको संचालन सदस्य सबिता बुढाले गरिन् ।

कार्यक्रममा नेपाली काग्रेसकी केन्द्रीय सदस्य जिवन राना, प्रेस युनियनकी केन्द्रीय सदस्य जमुना न्युरे, केन्द्रीय सदस्य पुष्पराज जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, बरिष्ठ पत्रकार महनमोहन स्वाँर, प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा, महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्ट, नेपाल बार एसोसिशयसनकी रेनु प्रधान र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डिभिजन वन कार्यलय पहलमानपुरद्धारा सशस्त्र प्रहरी बेश क्याम्पमा बृक्षारोपण

डिभिजन वन कार्यलय पहलमानपुरले राष्ट्रिय बृक्षारोपण दिवश मनाएको छ । दिवसका अवसरमा कैलालीको लम्कि स्थित डुडेझारी सशस्त्र प्रहरी बेश क्याम्पमा बृक्षारोपण गरिएको छ । “

अझै पढ्नुहोस्
समाचार

किसान सहकारीले गर्याे दुई  जना सेयर सदस्यकाे ऋण मिनाह

धनगढी/किसान बहुउद्देश्यीय  सहकारी संस्थाले  दुई जना  सेयर सदस्यकाे ऋण मिनाह गरेकाे छ । सहकारीकाे फूलवारी शाखाले  धनगढी-१८का दुई जना सेयर सदस्यकाे ऋण मिनाह गरेकाे हाे

अझै पढ्नुहोस्
समाचार

डडेल्धुराको अमरगडीबाट खप्तड त्रिबेणि धाम सम्मको साइकल यात्रा सुरु

जमुना न्युरे,डडेल्धुरा /पर्यटन पुवाधार समृद्द प्रदेशको अधार भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्तरको साइकल यात्रा २०८१ को आज देखि सुरु भएको छ । सुदूरपश्चिम प्रदेश

अझै पढ्नुहोस्
समाचार

सामाजिक क्षेत्रमा काम गर्ने ११ जना एकल महिला सम्मानित

जमुना न्युरे,धनगढी/सामाजिक क्षेत्रमा काम गर्ने धनगढीका ११ जना एकल महिला सम्मानित भएका छन् । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मानव अधिकारको लागि महिला,

अझै पढ्नुहोस्