पहिरो पिडितका नाममा गरिएको बन अतिक्रमण हटाईने

शेयेर गर्नुहोस

जमुना न्युरे ,धनगढी/कैलालीको चुरे गाउपालिकाका पहिरो पिडितहरुले अतिक्रमण गरेको बन क्षेत्र खालि गराईने भएको छ ।

चुरे गाउपालिका वडा ४ आमपानी , सैन , सिउती गाउँका पहिरो पिडितहरुले बनाएका घरटहरा खाली गराउनका लागि सब डिभिजन वन कार्यलय खैरालाले अतिक्रमण हटाउने भएको छ । कार्यालयले पौष २२ गते अतिक्रमण खालि गर्नका लागि सुचना टास गरेको थियो तर अहिले सम्म सो क्षेत्र खालि भएको छैन ।

सुचना टास गर्दा पनि अतिक्रमण क्षेत्र खालि नभएपछि केहि दिनमै बल प्रयोग गरेर अतिक्रमण हटाईने सब डिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले जानकारी दिएका छन ।

२०७८ मा पहिरो बाट पिडित भएकाहरु चुरे गाउपालिका वडा न ४ टाक गडा स्थित राष्टिय बनमा बसोबास गरिरहेका छन । अहिले सो क्षेत्रमा पिडितका नाममा ४ सय ५ घरटहरा निमार्ण गरि बसोबास गरिरहेका छन । दिनप्रतिदिन सो संख्या बढिरहेको ढकालले जानकारी दिए । राष्टिय बनको करिब ४० हेक्टर बन क्षेत्रमा उनीहरु बसोबास गरिहेका छन । सुरुमा टेन्टमा बसोबास गरिरहेका उनिहरु अहिले संरचना संगै बनलाई खेतबारि बनाइरहेका छन ।
यसरी अतिक्रमीत जमिन खाली गराउनका लागि सब डिभिजन बन कार्यलयले पटक पटक सुचना टाँस गरेपनि अटेर गरेकाले चाडै नै बल प्रयोग गरि हटाईने ढकालले बताए ।

अहिले त्यो बस्तिमा वास्तविक बाढी पिडित भन्दा पनि हुकुम्बासिले जग्गा ओगटेका छन अत्तरिया ,चौमला लगायतबाट पनि अतिक्रमण गरि घरटहरा निर्माण गरेको श्रोतले बताएको छ ।
राष्ट्रिय वन अतिक्रमीत क्षेत्र खाली नगरेमा वन ऐन २०७६ अनुसार पाँच बर्ष कैद तथा एक लाख रुपैया जरिवाना मागदाबी गर्दै दुबै सजाय हुने गरि कानुनी कारबाही गरिने सूचना टाँस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार महासंघ कैलाली अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन

धनगढी, २८ मंसिर/ नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवारी

अझै पढ्नुहोस्
पर्यटन

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे /सुखड, देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका

अझै पढ्नुहोस्
समाचार

सुदुरपश्चिम मुख्यमन्त्री शाहका पुजनिय पिताको ८४औ बसन्तका दिन मोहन चन्द्र शान्ति अक्षयकोषको निर्णय गरि आर्थिक सहयोगको घोषणा

मिति २०८०/०८/११ गतेका दिन सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कमल बहादुर शाह ज्युका पुजनिय पिता नेपाल प्रहरीका पुर्ब प्रहरी वरिष्ठ उपरीक्षक (SSP)श्री मंगल बहादुर

अझै पढ्नुहोस्
राजनीति

राष्ट्रिय सभाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित

जमुना न्युरे/ राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले

अझै पढ्नुहोस्