पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटायो

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ४ को टाँक गडामा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा आज हटाएको छ ।
डिभिजन बन कार्यलय धनगढीका प्रमुख केशब पराजुलिको नेतृत्वमा नेपाल प्रहरी , सशस्त्र प्रहरी , बन रक्षक सहित गयको टोलिले अतिक्रमण गरि बनाएका घरटहरा हटाएको छ ।

चुरे गाउपालिकाका पहिरो पिडितहरुले अतिक्रमण गरेको बन क्षेत्र खालि गराउनका लागि वन अतिक्रमण नियन्त्रण समितीका संयोक प्रमुख जिल्ला अधिकार युबराज कट्टेलको अध्यक्षतामा बसेको बैठकले सो अतिक्रमण क्षेत्र हटाउने निर्यण बमोजिम आज हटाएको हो ।

यसरी बन कार्यलयले बाढी तथा पहिरो पिडितहरुलाइ अतिक्रमित जमीन स्वस्फूर्त रुपमा खाली गरिदिन पटकपटक सूचना लिखित तथा मौखिक रुपमा दिदै आएको छ ।

टाँक गडा र पनेरुवागडा गरि बास्तबिक पहिरो पिडित ३५ घरधुरी मात्र भयको र अहिले त्यो ठाउँमा दिन प्रतिदिन अतिक्रमण गरि घरटहरा निर्माण र जोत खन गरि खेतबारी बनाउने , भएका ठूला ठुला सालका रुखका रिङ्ग काटेर सुकाउने र जमिन समेत किनबेच समेत गर्ने गरेका थिए ।

पहिरो पीडितको नाममा करिब ३ बर्ष देखि टाकगडामा ५७ हेक्टर जमिन अतिक्रमण गरि घरटहरा बनाउदै
आमपानी , सैन , सिउती गाउँका पहिरो पिडितहरुले बनाएका घरटहरा खाली गराउनका लागि डिभिजन वन कार्यलय धनगढीले अतिक्रमण हटाएको हो ।

सब डिभिजन बन कार्यलय खैरालाले पटकपटक अतिक्रमण गरि बनाएका घरटहरा खाली गर्नका लागि निरन्तर २ बर्ष देखि पत्राचार गरेको थियो ।

सुचना टास गर्दा पनि अतिक्रमण क्षेत्र खालि नभएपछि आज बल प्रयोग गरेर अतिक्रमण हटाएको डिभिजन वन कार्यलय धनगढी प्रमुख पराजुलीले जानकारी दिएका छन ।

२०७८ मा पहिरो बाट पिडित भएकाहरु चुरे गाउपालिका वडा न ४ टाक गडा स्थित राष्टिय बनमा बसोबास गरेका थिय । अहिले सो क्षेत्रमा पिडितका नाममा ४ सय ५ घरटहरा निमार्ण गरि बसोबास गरिरहेका छन ।
सुरुमा टेन्टमा बसोबास गरिरहेका उनिहरु अहिले संरचना संगै बनलाई खेतबारि बनाइरहेका छन । गयको
बन टोलिले अतिक्रमण गरि लगायको मकै , तरकारी समेत हटाएको हो ।

अतिक्रमण हटाएको ठाउँ अब बन कार्यलयले निरन्तर रूपमा अनुगमन र बन कार्यलय सङ बजेट अभाव रहेको कहि कतै बाट बजेट आए पछि काडेतार समेत लगायर त्यो क्षेत्रको सरक्षण गरिने सब डिभिजन बन कार्यलय खैराला प्रमुख मनोज ढकालले बताए ।

अतिक्रमण खाली गराउदा अतिक्रमकारीले पुन घरटहरा निमार्ण गर्न नसकुन भनेर बनाएका केही सरचनामा आगो समेत लगायको छ ।सो ठाउँ
राष्ट्रिय वन अतिक्रमीत क्षेत्र खाली नगरेमा वन ऐन २०७६ अनुसार पाँच बर्ष कैद तथा एक लाख रुपैया जरिवाना मागदाबी गर्दै दुबै सजाय हुने गरि कानुनी कारबाही गरिने पराजुलीले बताए । ।
यसै गरि कैलाली जिल्ला अन्य ठाउँमा गरियका अतिक्रमण पनि निरन्तर रूपमा गरिने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

सुदूरपश्चिम प्रदेशमा हुने लगानी सम्मेलन अघि गर्नुपर्ने कामहरु

दिपक जोशी(अधिबक्ता)गौरीगंगा ,कैलाली-हाल-कलंकी, काठमाण्डौं सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २३ र २४ गते हुने लगानी तथा विकास सम्मेलन नजिकै गर्दा विभिन्न बिषयमा छलफल आवश्यक देखिन्छ ।

अझै पढ्नुहोस्
समाचार

लगानी तथा विकास सम्मेलनलाई सफल पर्न आर्थिक मामिला मन्त्री शाहीले गरे छलफल

सुदुरपश्चिम प्रदेश सरकारले २०८० फागुन २३,२४ गते धनगढीमा आयोजना गर्न लागेको लगानी तथा बिकास सम्मेलनलाई सफल पार्न कार्यकारी समितिका अध्यक्ष आर्थिक मामिला मन्त्री माननीय नरेश

अझै पढ्नुहोस्
राजनीति

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले नगर प्रमुख सहित सबै वडाकाे उम्मेद्वारि दर्ता

टीकापुर/टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले नगर प्रमुख, उप प्रमुख लगायत सबै वडाका उम्मेद्वारी घाेषणा गरि निर्वाचन कार्यालयमा दर्ता गरेका छन । आइतबार नगर प्रमुख, उप

अझै पढ्नुहोस्
समाचार

जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न

धनगढी/ जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलकाे अध्यक्षतामा भएको सभामा मुख्य

अझै पढ्नुहोस्