परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा कञ्चनपुरका विपिन जोशीको रिहाइका कतार सरकारसँग आग्रह

शेयेर गर्नुहोस

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गर्नुभएको छ।


परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गर्नुभएको हो। जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताउनुभयो।

साथै उहाँले नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको जवाफ दिनुभयो। ‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ,’ परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भन्नुभयो, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौैैँ।’
मन्त्री साउदले यसअघि मंसिर ८ गते कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गर्नुभएको थियो।


यस्तै उहाँले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गर्नुभएको थियो। परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० देखि कतारमा सुरु हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउनु हुनेछ। मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायतका विषयमा छलफल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीकाे तालमेलमा १२ बुदे सहमतिमा हस्ताक्षर

टीकापुर/नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तालमेलमा १२ बुदे सहमतिमा हस्ताक्षर भएको छ ।नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र जनमत पार्टीका अध्यक्ष डा

अझै पढ्नुहोस्
समाचार

एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ

कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट एक करोडभन्दा बढीको सुन, चाँदीका विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब

अझै पढ्नुहोस्
समाचार

घोडाघोडीमा माओवादीको ३ महिने रूपान्तरण अभियानको समापन

पहलमानपुर / पार्टी सुदृढीकरण तथा नयाँ ऊर्जाका लागि नेकपा माओवादी केन्द्रले थालेको ३ महिने रूपान्तरण अभियान अन्तर्गत घोडाघोडी नगर कमिटीको समापन कार्यक्रम सोमबार पहलमानपुरमा सम्पन्न

अझै पढ्नुहोस्
अन्तरास्ट्रिय

तिकुनियां र गाैरिफन्टामा सामान किनमेल गर्न जान राेक

टीकापुर/जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कैलालीले किनमेल गर्न भारतकाे तिकुनियां र गाैरीफन्टा जान राेक लगाएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) कैलालीले किनमेल गर्न

अझै पढ्नुहोस्