पत्रकार धमलाले फाउण्डेशनको भवन बनाउने, ५० हजार नगद सहयोग

शेयेर गर्नुहोस

जमुना न्युरे,
धनगढी/कैलालीको धनगढी स्थित दृष्टि फाउण्डेशनमा पुगरे प्राईमटाईम टेलिभिजनका अध्यक्ष तथा चर्चित पत्रकार ऋषि धमलाले भवन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन ।
कल्पना भट्टले धनगढी उपमहानगरपालिका– ७ मा बेसहारा महिलाहरुलाई सहारा दिन संचालनमा ल्याएको दृष्टि फाउण्डेशनमा पुुगेर धमलाले सो कुरा प्रतिबद्धता जनाएका हुन् ।

प्राईम टाईम टेलिभिजनले आयोजाना गरेको सुदूरपश्चिम प्रदेशको बिकासमा प्राईमको चाँसो अनतरक्रिया कार्यक्रममा सहभागी हुन धमला धनगढी पुगका थिए ।उनी धनगढी पुगेको खबर प्राप्त गरेपछि फाउन्डेसनकी संचालक भट्टले फाउण्डेशनमा पुगेर बेसहारा महिलाहरुको अबस्था बुझ्न आग्रह गरेपछि धमला फाउन्डेसनमा टेलिभिजनको टिम सहित पुगेको थिए ।

पत्रकार धमलाको प्रतिबद्धाले आफुलाई बेसाहारा महिलाको पक्षमा काम गर्न थप हौसाला भएको बताईन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै पत्रकार धमलाको सहारा बिहिन महिला बस्ने सुबिधा सम्पन्न घर बनाएर फाउन्टेसनलाई हस्तान्तरण गर्ने बताएको जानकारी दिईन् । यस्तै पत्रकार धमलाले ५० हजार नगद रकम समेत दिएको उनले बताईन् ।

धनगढीमा भट्टको पहलमा २०७३ सालमा दृष्टि फाउण्डेशन सञ्चालनमा आएको थियो । बिगत लामो समय देखि मानव सेवामा सक्रिय कल्पना असहाय र बेसहारा महिलाको सहारा बनेकी छन् । कल्पनाको दिन अचेल असहाय दिदीबहिनीको स्याहारमै बित्ने गरेको छ । जीवनमा घरपरिवार त्याग गरेकी उनको चिन्ता छ त केवल दृष्टि फाउन्डेसनमा बस्ने असहायहरुको खाना र बस्नको कसरी जोहो गर्ने भन्ने ।

हाल दृष्टि फाउन्डेसनमा ४५ जना असहाय तथा सहाराविहीन महिला र १३ जना वालवालिका रहेका छन् । ‘सहरका गल्लीमा बेवारिसे सडक मानव छन् । हामी घर परिवारमा बस्नेको दुःखको अगाडि उहाँहरूको पीडा केही पनि होइन । एउटी महिला मानसिक सन्तुलन गुमाएपछि उसको घरपरिवार कोही हुन्न । ऊ समाजका नरपिपासुहरूबाट पटक–पटक बलात्कृत हुन्छे ।

उसको अस्मिता पलपलमा लुटिएको हुन्छ । उनीहरूको लागि धेरै गर्न नसकिए पनि कम्तीमा पनि सानो छानोभित्र मिठो निन्द्रा, एक गाँस खाना र अस्मिता लुटिनबाट जोगाउनका लागि पनि लागेका छौं,’ कल्पनाले भनिन् ।

राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् कल्पनाले । कुनै बेला एनजीओ, आइएनजीओमा जागिरे थिइन् उनी । त्यसलाई तिलाञ्जलि दिई उनी मानसिक रोगीको सेवामा समर्पित भट्टले जीवनभर बिहे नगर्ने संकल्प लिएर समाज सेवामा समर्पित भट्को कामको समाजमा प्रसंशा बटुलेकी छिन् ।

ताजा खबर

Wie man Online für kostenlose Spielautomaten spielt

No Down Payment Incentive Casino Site Checklist: A detailed guide for players

The Best Gambling Establishment Invite Rewards: A Guide to Maximizing Your Online Pc Gaming Experience

Free Online Casino Slot Games: The Ultimate Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कला-साहित्य

बाआमा म र छोरो ! (कविता)

पुष्पराज जोशी ‘पुकार’ (मट्कौना, कैलाली) ——- म सानो छँदासहर छिर्ने बेलामारातो रंगमा चामलसँगै दही मुछीमेरी आमाले निधारमा लगाउँदै गर्दाबाआमाका आँखा रसाएका थिए,आमाले भावुक बन्दैसाडीको सप्कोले

अझै पढ्नुहोस्