नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन

शेयेर गर्नुहोस

अप्सरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीलेकाे सभापतित्वमाा कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन गरिएको हाे ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यकर्ता भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सयाै जनाले विभिन्न पार्टीबाट नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । नेकपा एमालेका ललित ताम्राकार, पत्रकार तथा नेकपा माओवादी केन्द्रका गणेश चाैधरी लगायत सयाै जनाले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य लक्ष्मण किशोर चाैधरी, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य पुन्न बहादुर बुढा, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य याेगेन्द्र तामाङ घिसिङ , नेकपा एमालेबाट प्रवेश गरेका समाजसेवी ललित ताम्राकार , समाजसेवी तथा त्रिभुवन माविका प्राचार्य उल्का देवि वि.क.लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

कार्यक्रम संचालन नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य राम बहादुर बखरियाले गर्नु भएको थियाे ।
पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Spielsucht in Casino Kassel – Fakten und Hintergründe

एक पछि अर्को विवादमा पर्दै कैलालीका साझेदारी वन

Experience the Glamour of Queen Vegas Slots Online Gaming

Pratique actuelle pour les joueurs avisés avec playjonny casino et bonus exclusifs

Innovative Strategien ermöglichen playjonny und langfristigen Erfolg im Online-Gamingbereich

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

भजनि नगरपालिकाका स्वास्थ्यकर्मी कर्मचारी धर्नामा

जमुना न्युरे ,भजनी/ कैलाली स्थित भजनि नगरपालिका प्रवेशद्वारमा ४० कर्मचारी धर्नामा बसेका छन् ।नगरपालिकाका स्वास्थ्य शाखा र ९ वडाका स्वास्थ्य संस्थाका कर्मचारी तलबभत्ता नपाएपछि आइतबारदेखि

अझै पढ्नुहोस्