नोभा हस्पिटल तोडफोड नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले घटना निन्दनीय

शेयेर गर्नुहोस

धनगढी/धनगढीको नोभा हस्पिटलमा उपचाररत कञ्चनपुरका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल तोडफोड गरेका छन। जण्डिसको समस्या देखिएपछि साउन ७ देखि अस्पतालमा भर्ना भएका बेलौरी नगरपालिका–२ का १७ वर्षीय नसिब चौधरीको शुक्रबार मृत्यु भएको थियो। मृतकका आफन्तले अस्पताल तोडफोड गरेको घटनाप्रति नेपाल चिकित्सक संघ सुदुरपश्चिम शाखाले एक बिज्ञप्ति प्रकाशित गर्दै घटना निन्दनीय भएको बताएको छ।

संघका सचिव डाक्टर मेराज आलम अन्सारीले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई अन्यत्रै रिफर गरिएको र अन्यत्र लैजाने क्रममा मृत्यु भएको दाबी गरेका छन्। ‘बिरामी पक्षलाई पहिले नै जानकारी गराउँदा गराउँदै पनि अस्पतालमा कार्यरत चिकित्सक र अन्य कर्मचारीहरू माथि हातपात गर्न खोज्नु र अस्पताल तोडफोड गरिएको घटनाप्रति नेपाल मेडिकल एसोसियसन सुदुरपश्चिम धनगढी शाखाको गम्भीर ध्यानाकर्षण भएको र अभद्र घटनाप्रती घोर आपत्ति र निन्दा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

आफन्तले भने डाक्टरको गम्भीर लापरवाहीका कारण नसिबको मृत्यु भएको बताएका छन। उपचारमा संलग्न डाक्टरले भने चौधरीले उपचारमा कुनै लापरबाही नगरेको बताए। उपचारमा संलग्न डाक्टर रामचन्द्र पौडेलले बिरामी अस्पताल आउदा नै क्रीटिकल अवस्थामा रहेको बताउदै आफन्तकै सल्लाह बमोजिम भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको बताए। चौधरीको मृत्युपछि आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै शुक्रबार पनि केहिबेर अस्पताल परिसरमा तनावको स्थिति सृजना भएको थियो।

अस्पताल प्रशासन र आफन्त वार्तामै बसिरहेको बेला अस्पताल बाहिर जम्मा भएको भिडले अस्पतालमा ढुंगामुढा गरेका छन्। स्थिति तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्ज र केहि सेल अश्रुग्यास प्रहार गरेको थियो। ढुंगामुढाबाट दुईजना प्रदर्शनकारी र केही प्रहरी समेत घाइते भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने सवालहरुमा सामुदायिक संवाद कार्यक्रम सम्पन्न

सीमान्तकृत समुदायको जिविकोपार्जनमा प्रभाव पार्ने नीतिगत,समाजिक तथा वातावरणीय सवालहरुमा सामुदायिक संवाद कार्यक्रम कैलालीको घोडाघोडी नगरपालिकामा सम्पन्न भएको छ । युन एन डी पि को सहयोगमा

अझै पढ्नुहोस्
समाचार

सालको काठ सहित ट्याक्टर बरामद

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ४ रामपुर बाट रामदुलारे चौधरी घर नजिकै बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको १० गोलिया

अझै पढ्नुहोस्
Highlights

निजामती सेवामा फेरि आन्तरिक प्रतिस्पर्धा राख्न लबिङ

टीकापुर/ निजामती सेवामा आन्तरिक प्रतिस्पर्धाबाटै माथिल्लो पदमा जान पाउने व्यवस्था कायम राख्न लबिङ सुरु भएको छ । सरकारले ‘निजामती कर्मचारी सेवासम्बन्धी विधेयक’ फिर्ता लिएर पुनः

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

भजनीमा स्वास्थ्यकर्मीहरूकाे दबाबमुलक कार्यक्रम

जमुना न्युरे,भजनी  /भजनी नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।

अझै पढ्नुहोस्