नोभा हस्पिटलमा प्रहरी र प्रदर्शनकारी बिच झडप

शेयेर गर्नुहोस

धनगढी/धनगढी नोभा हस्पिटलको लापरवाही गरेका कारण कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्युु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालको अगाडीको भागका सिसा फुटेका छन् । तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारी बिच झडप हुँदा दुई जना घाईते भएका छन् । घाईते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाईतेको उपचार सारथी अस्पतामा उपचार भैरहेको छ ।

जन्डिसको समस्या लिएर ७ साउनमा नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्युु भएको थियो । अस्पतालले उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

उनीहरूले उचित क्षतिपूर्ति र उपचारमा संलग्न डाक्टरलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । हस्पिटलले शुक्रबार साँझ मृतकका आफन्तसँग वार्ता गरेको थियो तर उनीहरूले जिम्मेवार व्यक्ति वार्तामा आउनुपर्नेमा नर्स पठाइएको भन्दै बहिष्कार गरेका थिए । सुरक्षालाई मध्यनजर गर्दै अस्पतालमा प्रहरीले पहरा दिइरहेको छ भने मृतकका आफन्त समेत अस्पताल बाहिर भेला भएका छन् ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा फलफुलका बिरुवाहरु वृक्षाराेपण

टीकापुर/टीकापुर नगरपालिकाकाे आयाेजनामा टीकापुरमा बृक्षाराेपण गरिएको छ ।शनिबार एक कार्यक्रमका बिच नगर प्रमुख रामलाल डगाैरा थारुकाे संयोजकत्वमा टीकापुर १ व्लक नं. सिमा बृक्षाराेपण भएको हाे

अझै पढ्नुहोस्