जन्डिस भएर भर्ना भएका कञ्चनपुरका किशोरको नोभा अस्पतालमा मृत्यु,डाक्टरले लापरबाही गरेको आफन्तको आरोप, अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरी परिचालन

शेयेर गर्नुहोस




धनगढी /धनगढीको नोभा अस्पतालमा कञ्चनपुरका एक किशोरको मृत्युभएको छ । जन्डिस भएको भनेर साउनको ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन । अहिले अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ । बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए । तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार ग¥यो, न त रिफर नै ग¥यो । यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् ।

उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ । यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।

ताजा खबर

Axe Casino Mobile Sessions: How Quick-Hit Players Keep Control Without Slowing Down

Trixino Session Time Limits

Casea Casino: A Closer Look at Features and the Player Experience

बासस्थान खुम्चिदाँ बढ्दै मानव–वन्यजन्तु द्वन्द्व

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

विश्व सिमसार दिवसको जाखोर तालमा चरा अवलोकन

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा ७ मा रहेको जाखोर तालमा बिश्व सिमसार दिवशको अवसरमा चरा अवलोकन ( बर्ड वाचिङ्ग) कार्यक्रम सप्पन्न भएको छ । डिभिजन

अझै पढ्नुहोस्