नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न ।

शेयेर गर्नुहोस

दिपक संगम विश्वकर्मा,टीकापुर/ नेपाल लाईफ इन्स्योरेन्स क.ली अभिकर्ता क्षमता अभिवृद्धि तथा पुनर्ताजगी कार्यक्रम टीकापुरमा सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको आयोजना नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.टीकापुर शाखाले गरको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको टीकापुरमा अभिकर्ता क्षमता अभिवृद्धि तथा पुर्नताजकी कार्यक्रमको प्रशिक्षण सपुद चन्द्र खनाल ( NLIC Zonel Head) प्रमुख आतिथ्यतामा सम्पन गरिएको हो। उक्त कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख दिपक राज भट्ट , टीकापुर शाखा प्रमुख भक्त बहादुर चन्द , वीमक अभिकर्ता संघ नेपालका केन्द्रीय सदस्य देव प्रसाद जैशी लगाएत उक्त कम्पनीमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको हुन।

उक्त कार्यक्रमको प्रशिक्षक सपुद चन्द्र खनालले गरेका थिए। उनले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भई बीमा ब्यबसाय गर्दै आएका अभिकर्ताहरुलाइ अझबढी सक्षम र व्यवसायी बनाउदै लैजाने नीति अनुरुप कार्य अगाडि बढाउन सुझाब दिएका छन। उक्त कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बारेमा स्पष्ट पारका छन। बीमा के को लागि गर्ने ? बीमा किन गर्ने ? बीमा भनेको के हो ? विमा गर्दा के के फाईला हुन्छ ? कस्ता कस्ता जोखिम बहन गर्छ। बीमा गर्दा हुने फाईदा आर्थिक स्थिती सुधार गर्न कसरी सकिन्छभन्ने कुरा बताएका हुन।

बीमा मानवको तेस्रो सन्तान रहेको बताएका हुन। जीवन विमा भनेको जोखिम हस्तान्तरणको प्रकृया हो, बीमाले करार वा सम्झाैता गरि विभिन्न सर्वमान्य सिद्धान्त ,निश्चित अवधिसम्म किस्ता तिर्नु पर्ने,विमा अवधिको अन्तेमा बीमाङ्क रकममा बोनस रकमा थपेर प्राप्त हुने भएकाले सबैले बीमा गर्न जरूरत रहेको बताएका छन। जीवन विमा दर्घीकालीन रूपमा बचत गर्ने तरिका रहेको उनले बताएका छन्। यसका साथै उदेश्य सहितको वचन नै बीमा रहेको बताएका छन्। बीमा भनेको बुढेसकालको साहारा भएको बताएका छन।

बीमा विना लगानीको व्यसाय रहेको उक्त कार्यका लागि सफल अभिकर्तामा कसरी बन्ने तर्फ लाग्न खनाले बताएका छन । उक्त कार्यक्रमको स्वागत मन्तब्य विजया जोशीले गरेकि हुन। उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका शाखा प्रमुखहरू तथा अभिकर्ताहरूको सहभागी रहेको थियोे, भने रतन शर्मा (MDRT) भब्य स्वातगत संगै उक्त कार्यक्रमको सञ्चालन टीकापुर शाखा प्रमुख भक्त बहादुर चन्दले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर स्थित जालपा देवी मन्दिरमा सप्ताह ज्ञान महायज्ञ हुने

टीकापुर / टीकापुर नगरपालिका वडा नं. १ ब्लक न. १७ स्थित श्री जालपा देवि मन्दिर परिसरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।माण्डब्य बंशियसंग

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सेती अस्पताल कार्यरत फिजिसियन डाक्टर शर्मा पौडेलले धम्काएको भन्दै नेपाल औषधी व्यवसायी संघको ध्यानाकर्षण

धनगढी : सेती प्रादेशिक अस्पतालमा कार्यरत फिजिसियन डाक्टर निराजन शर्मा पौडेलले धम्काएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन परेको छ। धनगढीमा रहेको गरिमा पोलिक्लिनिकका सञ्चालक समेत

अझै पढ्नुहोस्
समाचार

सहारा युवा क्लबले गर्‍यो अपराध तथा लागु पदार्थ दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम

सुखड /कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा अपराध तथा लागु पदार्थ दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको छ । “बालबालिकालाई खेलकुदमा लगाऔँ, लागु औषध दुर्व्यसन भगाऔँ”

अझै पढ्नुहोस्
समाचार

हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता बनमा पुग्यो पाटे बाघ

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् । पाटे

अझै पढ्नुहोस्