साझेदारी बन ब्यवस्थापनका लागि डिभिजन बन पहलमानपुरको पहल सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /डिभिजन बन कार्यालय पहलमानपुर कैलालीले साझेदारी बन ब्यवस्थापनका लागि पहल सुरु गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला निकायहरु संग एक कार्यक्रमका बिच छलफल गर्दै साझेदारी बन ब्यवस्थापनका लागि योजना बनाएको छ । छलफलमा डिभिजन बन कार्यालय पहलामनपुर अन्तर्गत सब डिभिजन बन कार्यालय सुखडको कार्य क्षेत्र भित्र पर्ने पुर्बमा सब डिभिजन बन कार्यालय साडेपानिको चुरे क्षेत्र छुने पश्चिममा सब डिभिजन बन कार्यालय मसुरीयाको चुरे क्षेत्र, उत्तरमा सव डिभिजन बन कार्यालय पण्डौनको कार्य क्षेत्रको चुरे र दक्षिणमा सामुदायिक बन उपभोक्ता समुहहरु गरि चार किल्ला भित्रको बन क्षेत्रलाई साझेदारी बन ब्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।

कानुनी प्रावधान अनुसार सरकारद्वारा व्यवस्थित वनको कुनै भागलाई डिभिजन वन कार्यालय, स्थानीय तह र वन उपभोक्ताको साझेदारीमा वनको विकास र दिगो व्यवस्थापन गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन,वन क्षेत्रबाट टाढा रहेका उपभोक्तालाई वन संरक्षणको कार्यमा सहभागी गराई त्यस्ता उपभोक्तालाई वन पैदावार आपूर्तिको व्यवस्था गर्न,वन क्षेत्रको उत्पादकत्वमा अभिवृद्धि गर्न,जैविक विविधता तथा जलाधार क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्न,स्थानीय जनताको जिविकोपार्जनमा सुधार ल्याउने उदेश्यका साथ साझेदारी बन ब्यवस्थापन गर्ने गरीन्छ ।

साझेदारी वन उपभोक्ता समूहले साझेदारी वन व्यवस्थापन कार्ययोजनाको कार्यान्वयनबाट प्राप्त हुने वन पैदावर आन्तरिक खपतको लागि प्राथमिकता दिई बाँकी रहेको वन पैदावर मात्र समूह बाहिर पठाउने गरी छुट्याईन्छ जस्ले गर्दा बन क्षेत्र नभएका सबै ठाउका उपभोक्ताहरुले पनि लाभ लिन सक्दछन ।
साझेदारी वनबाट उत्पादित काठ दाउराको हकमा सबै गुणस्तरको आधारमा चालीस प्रतिशत नेपाल सरकारको, दश प्रतिशत स्थानीय तहको र पचास प्रतिशत साझेदारी वन उपभोक्ता समूहको हुने र गैह्रकाष्ठ वन पैदावरको हकमा तोकिए बमोजिम बाँडफाँट हुने कानुनी ब्यवस्था रहेको छ ।

साझेदारी वनबाट साझेदारी वन उपभोक्ता समूहलाई प्राप्त हुने वन पैदावर बिक्री वितरणबाट प्राप्त रकम मध्ये साझेदारी वन उपभोक्ता समूहले बढीमा दश प्रतिशत प्रशासनिक कार्यमा, चालीस प्रतिशत कार्ययोजनाले निर्दिष्ट गरेको वन व्यवस्थापन कार्यमा र बाँकी पचास प्रतिशत तोकिए बमोजिम गरिबी निवारण, सामुदायिक विकास र स्थानीय तहको विकासमा खर्च गर्न सक्ने ब्यवस्था कानुनमा उल्लेख गरिएको छ । यसरी साझेदारी बन ब्यवस्थापनले स्थानिय स्तरमा बिकास पनि हुने र बन संरक्षण पनि हुने देखिन्छ ।

कैलालीमा डिभिजन बन कार्यालय धनगढी अन्तर्गत ३ ओटा साझेदारी बन क्षेत्र सुरुमा बाह्रबन,भारताल,र गौरीगंगा साझेदारी बन रहेका छन । डिभिजन बन कार्यालय पहमानपुर अन्तर्गत भने साझेदारी बन छैन पहलमानपुर अन्तर्गत चुरे संग जोडिएको क्षेत्रलाई साझेदारी बन ब्यवस्थापनमा जोड्न सके बन संरक्षण गर्न सहज हुने डिभिजनल बन कार्यालय पहलमानपुर अधिकृत गोकुल रिजालको भनाई छ । रिजालले भने,साझेदारी बन ब्यवस्थापनले राष्टिय बन पनि संरक्षण हुनेछ,बनको हैसियत पनि राम्रो हुन्छ र स्थानियलाई पनि टेवा पुग्नेछ ।

चुरे क्षेत्रलाई संरक्षित बनको रुपमा बिकास गर्ने र भावरलाई साझेदारी बनको रुपमा बिकास गर्न आवश्यक रहेको घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतको भनाई छ । आम्दानिको पनि श्रोत हुने र बन पनि संरक्षण हुने भएकाले चाडै नै साझेदारी बन ब्यवस्थापन कार्य सुरु गर्नुपर्ने उनको भनाई थियो ।
साझेदारी बन ब्यवस्थापनको योजना राम्रो रहेको बताउदै उनले भने,तराईमा बाढी पहिरो आउनुको मुख्य कारण चुरे क्षेत्रको बिनास हो त्यसैले यसलाई संरक्षण गर्न निकै आवश्यक रहेको छ ।

एक अर्को प्रसंगमा नगर प्रमुख रावतले छाडा पशु चौपाया नियन्त्रणका लागि पनि पहल सुरु गरेको बताए । उनले भने,छाडा चौपाया नियन्त्रणका लागि स्थानिय तह र सामुदायिक बनको समन्वय हुन आवश्यक छ । चौपायाका कारण धेरै सडक दुर्घटना भइरहेका छन यसको नियन्त्रका लागि काञ्जि हाउस निर्माण भइरहेको छ । सडकका छेउछाउमा रहेका रुखहरु पनि हटाउन आवश्यक रहेको उनको भनाई थियो ।

बसन्ता संरक्षित क्षेत्रका अध्यक्ष पुष्कल बमले साझेदारी बन ब्यवस्थापनले बन संरक्षणमा सहयोग पुग्ने बताए । उनले साझेदारी बन ब्यवस्थापनको योजना निकै नै राम्रो रहेको बताएका छन । यसका लागि सम्पुर्ण तहबाट सरोकारवाला निकाय लाग्नुपर्ने बताए ।

ढलापडा काठहरु सडेर गइरहेका छन,तिनलाई सदुपयोग गर्नका लागि यो साझेदारी बन ब्यवस्थापनले सहयोग पुग्ने घोडाघोडी नगरपालिका वडा न ४ का अध्यक्ष भरत शाहिले बताए । उनी भन्छन,जंगल पाल्नुपर्छ,सदुपयोग पनि गर्नुपर्छ जसका लागि साझेदारी बन ब्यवस्थापन उचित छ ।

छलफलमा घोडाघोडी नगरपालिकाका निमित्त प्रशाशकिय अधिकृत खगेन्द्र सिं,ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख लक्ष्मण शाहि,शशस्त्र प्रहरी बल बौनियाका प्रमुख बिरेन्द्र पाल,घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चका अध्यक्ष हेम बम,साझेदारी बन ब्यवस्थापनका लागि चार किल्ला भित्रको बन क्षेत्र संग जोडिएका घोडाघोडी नगरपालिका वडा नं ५,८,१०,११ न वडाका वडाध्यक्ष,सब डिभिजन बन कार्यालयका प्रमुख,साुदायिक बनका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो । तराई भुपरिधि तालको सहयोग र डिभिजन बन कार्यालय सहलमानपुरको आयोजनामा गरिएको कार्यक्रमको सञ्चालन सब डिभिजन बन कार्यालय सुखडका प्रमुख सोम घलानले गरेका थिए ।

ताजा खबर

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Oficial Mostbet Casino Br

Getting Started with Gaming Machines and PayID in Australia

Keno Gets a Fresh Coat of Paint Down Under

Gates Of Olympus Demo Joacă Păcănele Gratis 2026″

सम्बन्धितखवर

छुटाउनु भयो कि !