नेपाल पर्यटन बोर्ड सुदुरपश्चिम प्रादेशिक कार्यालय बन्द, कर्मचारीको बिचल्ली, न नियुक्ति पाए न त सेवासुबिधा नै

शेयेर गर्नुहोस

धनगढी/आजभन्दा २९ महिना अघि बडो तामझामका साथ उदघाटन गरिएको नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय बन्द भएको छ । कार्यालय बन्द भएसंगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई कुनै सेवा सुबिधा समेत नदिई निकालिएको छ ।

जिल्ला समन्वय समिती कैलालीले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको उक्त भवनमा उपमहानगरपालिकाले साउन ७ गतेदेखि ताला लगाएपछि कार्यालय बन्द भएको हो ।

जिल्ला समन्वय समिती कैलालीले त्यतिबेला निशुल्क रुपमा उपलब्ध गराएको धनगढी उपमहानगरपालिकासंगै रहेको भवनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले २०७८ पौष ५ गते नेपाल पर्यटन बोर्ड सुदुरपश्चिम प्रादेशिक कार्यालयको उदघाटन गरेका थिए ।

पर्यटन प्रबर्द्धन गर्ने भन्दै तत्कालका लागि बोर्डमा एक प्रबन्धक र अधिकृतस्तरको कर्मचारी खटाइएको र आवश्यकता अनुसार बजेट र कर्मचारीको व्यवस्था गरिने बताइएपनी अहिलेसम्म कुनै कर्मचारी, सेवा सुबिधा मात्रै हैन कार्यालयले नै बैधानिकता नपाउदै बन्द भएको छ ।

कार्यालयको उदघाटन गर्दै तत्कालीन मन्त्री आलेले यसअघि लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको क्षेत्रीय सम्पर्क कार्यालयले सुदूरपश्चिममा समेत बोर्डको कामकारबाही हेर्ने गरेको बताउदै त्यसको अन्त्य हुने बताएका थिए ।

कार्यालय बन्द भएपछि नहुँदा बोर्डले गर्ने पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू सुदूरपश्चिममा हुन नसकेको यहाँका पर्यटन व्यवसायीले गुनासो गर्दै आएका थिए। क्षेत्रीय कार्यालयको स्थापना हुने भएपछि पर्यटकीय क्षेत्रबारे सूचना दिने, प्रचारप्रसार गर्नेलगायत काम हुने अपेक्षा रहेको भएपनी अहिले आएर कार्यालय नै बन्द भएपछि पर्यटन गतिविधि नै शून्य हुने हो कि भन्ने चिन्ता लागेको नाटा सुदुरपश्चिमका अध्यक्ष पदम बिक्रम सिंहले बताए ।

तत्कालीन नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले मन्त्री आलेको लहडका कारण सुदुरपश्चिममा प्रादेशिक पर्यटन कार्यालय स्थापना गरिएको बताए । उनले आफू निलम्बनमा परेका बेला बोर्डको बैठकनै नडाकी मन्त्री आलेले स्थापना गरेको उक्त कार्यालयको बैधानिकता नै नरहेको जिकिर गरेका थिए ।

यता कार्यालय सहयोगीको रुपमा काम गर्दै आइरहेकी जानकी थापा र शिवकुमार रानाले न त सेवासुबिधा वाफत तलब नै पाए न त नियुक्ति पत्र नै । अचानक धनगढी उपमहानगरपालिकाले कार्यालय खाली गर्न भन्दै ताला लगायपछी आफुहरु बिचल्लीमा परेको थापाले बताइन ।

कार्यालय स्थापना भएदेखि नै आफू नियमित रुपमा कार्यालय आइरहेको र तलब उपलब्ध गराइदिन पटक-पटक पत्राचार गरेकोभएनी नपाएको बताउदै उनले पत्रको जवाफ समेत नपाएको प्रती दुखेसो पोखिन ।

आफू कामको खोजिमा रहेको बेला तत्कालीन मन्त्रीले यहाँ काम गर्दैगर्नु भनेको बताउदै थापाले अहिले आएर मन्त्रीले समेत फोन उठाउन छोडेको बताइन । उनले मासिक पच्चीस हजारका दरले तलब दिने मौखिक रुपमा जानकारी गराएको भएपनी २९ महिनासम्म तलब नै नपाई कार्यालय बन्द हुँदा आफुहरु निकै समस्यामा परेको बताउदै आफुहरुले पाउनुपर्ने सेवा सुबिधा उपलब्ध गराइदिन पहल गरिदिन आग्रह गरिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक सहकारी संस्थाले ६० लाख बडी नाफा कमाउन सफल

मान बहादुर ठकुल्लाटीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सामुदायिक सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ । शनिबार सत्तीमा सहकारी संस्थाकाे २१ ओै वार्षिक साधारणसभा

अझै पढ्नुहोस्
समाचार

५९औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश दवाब मुलक र्‍याली सहित सम्पन्न

धनगढी/धनगढी उपमहानगर पालिकामा ५९औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवश मार्च २१को सन्दर्भको अवसरमा दवाब मुलक र्‍याली निकालिएको छ । आत्मसात ,समानता र सामाजिक न्याय सहितको

अझै पढ्नुहोस्
समाचार

पासोमा परेर चितुवा घाइते

कैलाली जिल्लाको जानकी गाउँपालिका जगतपुरमा रहेको कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहमा पासोमा परेको अवस्था चितुवा फेला परेको छ । जङ्गली जनावरहरुको लागि राखियको पासोमा परेर

अझै पढ्नुहोस्
समाचार

धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका

अझै पढ्नुहोस्