सामाजिक सञ्जाल बिद्येयक माथी विद्यार्थीको बहस

शेयेर गर्नुहोस


धनगढी/सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्वन्धमा ब्यबस्था गर्न बनेको विद्येयक २०८१ माथी बिहीबार बहस गरिएको छ । कैलाली बहुमुखी क्याम्पस कानुन संकायमा विद्यार्थीले बहस कार्यक्रमको आयोजना गरेका थिए ।

कानुन संकायमा बिद्यार्थीहरुले समुहगत रुपमा दफाबार बहस गरेका थिए । क्याम्पसमा आमसञ्चार र पत्रकारिता र सिएसआईटी अध्ययनरत विद्यार्थीहरु समेतले बहसमा भाग लिएका थिए । उनिहरुले विद्येयक आवश्यक भएपनि कतिपयदफाले संविधानले तोकेको स्वतन्त्रताका वैध अभिब्यक्ति माथी बन्देज लाग्नसक्ने भन्दै विद्येयक माथी छलफल आवश्यक भएको धारणा राखेका थिए ।


कैलाली बहुमखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सहप्राध्यापक डाक्टर लोकबहादुर बिष्टले कानुन संकायमा विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरे । नमुना कार्यक्रम आयोजना भएको छ ,सहायक क्याम्पस प्रमुख बिष्टले भने, ‘ विद्यार्थीहरुले कार्यक्रमबाट प्राप्त भएका सुझाव सरकारलाई बुझाउने भन्ने कुराले अझै खुसी लागेको छ ।”
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख प्रकाश भट्टले अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा ऐन आवश्यक भएपनि कतिपय बिषयमा घनिभूत छलफल आवश्यक भएको बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले बिद्यार्थीहरुले रचनात्कम काम गरेको बताए । कैलाली बहुमुखी क्याम्पस आमसञ्चार र पत्रकारिता बिषयमा उपप्राध्यापक टेकेन्द्र देउवाले खुला बहसलाई निरुत्साहित गर्नेगरी गरि विद्येयक आएको आरोप लगाए । बहस कार्यक्रमको अध्यक्षता कानुन संकायका विद्यार्थी पदम साउँदले गरेका थिए । कानुन संकायका विद्यार्थी देवराज अवस्थीले बहसमा आएका सुझावहरु सरकारलाई पठाउने बताए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित

अझै पढ्नुहोस्
समाचार

नुवाकोटमा निर्मित केन्द्रीय कारागार सञ्चालनमा

त्रिशूली /नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ । कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको आज गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेसँगै जिल्ला कारागार नुवाकोटका कैदीबन्दी

अझै पढ्नुहोस्