नेपाल तरुण दलको स्थापना दिवसको अवसरमागोदावरी आर्यघाटमा सरसफाई

शेयेर गर्नुहोस


धनगढी/कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाई गरिएको छ । शनिबार नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गोदावरी आर्यघाटको सरसफाई गरेको हो ।

नेपाल तरुण दलले आयोजना गरेको आर्यघाट सरसफाई कार्यक्रममा नेपाली कांग्रेस पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट , प्रदेश सांसद तथा पूर्व भौतिक विकास मंत्री प्रकाश देउवा , पूर्व राज्य मन्त्री टेक बहादुर रैका , गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट,  कैलाली क्षेत्र न. ४ का सभापति ललित रोकाया, जिल्ला कार्यसमिति सचिव निर्प सुनार, वडा अध्यक्ष रवीन्द्र शाही लगायत नेपाल तरुण दलका जिल्ला तथा केन्द्रीय सदस्यहरुको उपस्थितीमा सरसफाई भएको छ ।

सरसफाई कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले भने, तरुण दलको स्थापना दिवसको अबसरमा सुदूरपश्चिमको पर्यटकिय तथा अन्तिम संस्कार क्षेत्र गोदावरी आर्यघाटमा समय समयमा सरसफाई गर्नु आवश्येक रहेको र नेपाल तरुण दलले समाज परिवर्तनका लागि समाज सेवामा पनि काम गरेकोले सकारात्मक भएको बताएका छन ।

तेसै गरी गोदावरी धाम सँगै आर्यघाट ब्यावस्थापनका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख केन्द्र देखि प्रदेशमा धाउनु भएको र प्रदेश र केन्द्रबाट पनि केही बजेट आएकोले यस पाली देखि नै यस पवित्र धामलाई विकासको रुप दिने जानकारी प्रदेश सांसद तथा पूर्व भौतिक विकास मंत्री प्रकाश देउवा बताएका छन । साथै नेपाली कांग्रेसको भातृ संगठन तरूण दलले देशब्यापी रुपमा समाज सेवाको काम गर्दै गरेको समेत बताएका छन ।

नेपाल तरुण दलको स्थापना दिवसको अबसरमा देशभर बिबिध क्रियाकलाप गरी समाज परिवर्तनका लागि काम गर्दै गर्दा कैलालीले पनि गोदावरीको आर्यघाट सरसफाईले गर्दा सबैको हितका लागि काम हुने भएकाले यही कामलाई छानेको र सरसफाई गरेको कैलाली जिल्ला कार्यसमिति अध्यक्ष निराजन खड्काले बताएका छन ।

पछिल्लो समयमा लास जलाउन गएका व्यक्तिहरुले मरेका व्यक्तिहरुका लुगाकपडा तथा पानीका बोतलहरु जथाभावी फाल्ने गरेका कारण गोदावरी आर्यघाट दुर्गन्धित बन्दै गएको थियो । आर्यघाटलाई समय समयमा सरसफाई गर्दै आएको आर्यघाट व्यवस्थापनका लागि नेपाल तरुण दलका गोदावरी नगर अध्यक्ष रमेश भट्टराईले बताए ।

आर्यघाटमा खानेपानी, व्यवस्थित दाहसंस्कार स्थल लगायतका समस्या रहेका बताउदै उनले आर्यघाट प्रयोग गर्दै आएका कैलाली, कञ्चनपुरका स्थानिय तहहरुले व्यवस्थापनमा लाग्न जरुरी रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहबिच समन्वय आवश्यकः मन्त्री चौधरी

धनगढी/सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले धनगढी भएको एक कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै भने समग्र आर्थिक विकासका लागि

अझै पढ्नुहोस्
समाचार

रेशम चौधरीको जन्मकैदकाे सजाय सदर

काठमाडौं /सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी मानियका रेशम लाल चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला नै सदर गरेको छ । सर्वोच्चका न्यायाधीश डा.

अझै पढ्नुहोस्
समाचार

पहाडी जिल्ला जोड्ने बाटो भत्किए पछि धनगढीमा तरकारीको मुल्य वृद्धि

धनगढी, / धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडी लाग्ने हाटबजार आज शुक्रबार पनि बिहानै देखि लागेको थियो । आज लागेको हाटबजार अरु दिनको भन्दा फरकै रहेको थियो ।

अझै पढ्नुहोस्
समाचार

नियम विपरित सामाजिक सुरक्षा भत्ता लिनेबाट गरायो करिब आधा करोड फिर्ता

असोज १० सुखड– लाेकु सिंह ठकुरि/ कैलालीको बर्दगोरिया गाउँपालिकाले नियम विपरीत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यक्तिहरूबाट करिब आधा करोड रुपैयाँ फिर्ता गराएको छ । विगत

अझै पढ्नुहोस्