नेपाली काङ्ग्रेस प्रदेश कार्यालय उद्घाटन

शेयेर गर्नुहोस

जमुना न्युरे,
चाैमाला/ नेपाली काङ्ग्रेस क्षेत्र न.४ (क )को प्रदेश कार्यालयको आज गौरीगंगा नगरपालिकाको वडा न.१ चौमालामा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत(डोटेली कान्छा)ले एक समारोहका बिच उद्घाटन गर्नु भएको छ ।

नेपाली काङ्ग्रेस क्षेत्र ४ क को प्रदेश कार्यालय उदघाटन एवं पदाधिकारी सदस्यहरुको पदस्थापन कार्यक्रमका सभापति नेपाली काङ्ग्रेस क्षेत्र ४ क का सभापति दलबहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत ( डोटेली कान्छा ) को प्रमुख अतिथि रहनु भएको थियो भने नेपाली काङ्ग्रेस क्षेत्र न.४ का निबर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यालय उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत( डोटेली कान्छा ले पार्टीको आन्तरिक नि र्वाचनको तिक्तता अन्त्य गर्दै सबैजना एक ढिक्का भएर लाग्नु पर्ने बताउनु भयो ।

नजिकै आईरहेको स्थानीय तहमा पार्टीबाट जो साथीले पाउँदा पनि निर्वाचनम जित्नु पर्छ जिताउनु पर्छ त्यस्का लागि सवै वडाहरुबाट सहमति जुटाएर अघि बढ्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्र न.४ का निबर्तमान सभापति दिनेशराज जोशी , नेपाली काङ्ग्रेस कैलालीका पुर्ब जिल्ला सल्लाहकार यज्ञनिधि कोइराला , नेपाली काङ्ग्रेस क्षेत्र ४ क का सभापति काशीराम शर्मा, उपसभापति ज्ञानबहादुर सिंह , नेपाली काङ्ग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्द,नेपाल महिला संघ क्षेत्र न.४ का अध्यक्ष मेनुका जोशी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन नेपाली काङ्ग्रेस क्षेत्र न.४ क का सचिव राकेश चन्द ले गर्नु भएको थियो ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हामीलाई सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको छ : राष्ट्रपति

पाँंचथर / राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी र उन्नत राष्ट्र चाहिएको

अझै पढ्नुहोस्
समाचार

हमास समूहको नियन्त्रमा रहेका विपिनको रिहाइका प्रयास परराष्ट्रमन्त्री: राणा

धनगढी/परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले  हमास समूहको नियन्त्रमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास भइरहेको धनगढीमा भएको एक कार्यक्रममा बताए। नेपाली कांग्रेस

अझै पढ्नुहोस्