नि:शुल्क पाइने औषधिसमेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

शेयेर गर्नुहोस

जमुना न्युरे, पण्डौन /कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी, यातायात , सन्चार ,शिक्षा, बिधुत , र स्वास्थ्य सेवाको सेवा अझै राम्रो सङ पहुँचमा रहेको छैन ।
त्यस्तै गाउँ पालिका हो मोहन्याल गाउँ पालिका , साबिकका मोहन्याल , सुगुरखाल ,पण्डौन गा.बि .स लाई जोडेर गाउँ पालिका बनाएको हो ।

मोहन्याल गाउँपालिका वडा २मा रहेको बि .स २०७४ मा स्थापना भएको सामुदायिक स्वास्थ्य इकाइ पण्डौनमा अहिले सम्म नेपाल सरकारले दिइने निशुल्क औषधिसमेत समयमा दिइएको छैन ।

नेपाल सरकारले स्वास्थ्य सस्थामा स्वास्थ्य सामाग्री तथा औषधि नपुर्‍याउन सक्दा पहाडी क्षेत्र मा हुने बिरामीहरुले निजि अस्पतालहरुमा धाउन परेको छ ।

नेपाल सरकारले ९८ प्रकारका औषधिहरु सबै स्वास्थ्य कार्यलयमा सघिय सरकार , प्रदेश सरकार र स्थानीय तह तिनै प्रकारका सरकार मिलि दिइने भनेको छ ।
जहाँ सघिय सरकारले परिवार नियोजनका साधन कन्डम , पिल्स , करपर्टी ,नरप्लाट जस्ता दैनिक रुपमा प्रयोग हुने साधन पनि सघिय सरकारले आफै खरिद गरि दिइने प्राबधान रहेको छ ।

पण्डौन इकाई स्वास्थ्यमा कुष्ठरोग , हात्तिपाइले , मलेरिया , निमोनिया , दम , उच्च रक्तचाप , मधुमेह क्षयरोग लगायतका रोगहरु को औषधि निशुल्क पाइने सरकारको लिस्टमा छ तर बिरामी लिन जादा औषधि पाइदैन बिरामीलाई हप्तौं सम्म कुर्न पर्ने भयको स्थानीय रमेश सापकोटाले बताए । इकाइ कार्यलयमा ३ जना कर्मचारी कार्यरत रहेका छन् ।

सि.अ .हे .ब एक जना , अनमी एक जना र एक जना कार्यलय सहयोगी रहेको सामुदायिक स्वास्थ्य इकाइ कार्यलय पण्डौनका प्रमुख शकरं गिरिले जानकारी दिए । यहाँ बिरामी मोहन्याल गाउँ पालिक वडा २ र ४ मा कुन्टापानी , पानीगाउँ ,गानी गाउँ , बजाडी , बडिखर्क , दाइजेगडा ,नाउली , नारङ्गे , चिरकट्टे , सल्लिखर्क , क्रापा , पन्डौन लगायत ठाँउ बाट बिरामीहरु आउने गरेका गिरिले बताए ।
घण्टौ लगायर बिरामी स्वास्थ्य केन्द्रमा पुगछ्न तर सस्थामा औषधि नपाएर फर्किनु पर्ने र सुखड ,अत्तरिया धनगढी लगयतका ठाउँमा पुग्नु पर्ने बाध्याता रहेको छ ।

गाउँ नै गाउँ भएकाले यहाँ दैनिक बिरामी जाँच , नियमित खोप कार्यक्रम , भिटामिन ए कार्यक्रम , नियमित गर्भवती जाँच , ओ.पि .डि सेवा , बर्थिङ्ग सेन्टर लगायत सेवा दिईने गरेको छ सामुदायिक इकाइ कार्यलयले ।

संघिय सरकार, प्रदेश सरकारले समयमा निशुल्क रूपमा पाइने औषधि पनि नदिदा स्थानीय पालिकाले सिटामोल ,झाडापखाला , पारासिटामोल लगायत औषधि समेत समय उपलब्ध गराउन नसकेको महिला स्वयमसेबिका जानकी भण्डारी ले बताइन ।हामी दुर्गम ठाउँमा दिन भरी हिडेर स्वास्थ्य सम्बन्धि जनचेतना , स्वास्थ्यको काम गर्नु पर्छ तर पनि सरकारले सितैमा पाइने औषधि समयमा दिदैन , जटिल भयका बिरामीलाई टाढा लैजानका लागि एम्बुलेन्स सेवा पनि छैन ।

नत प्रयाप्त मात्रामा यातायातका साधन नै पाइन्छ , केही समयमा बर्खा लाग्योभने अलि अलि पाइने यातायातका साधन बन्द हुने गर्छन् तेहि बेलामा बिरामी हरुले अकालमै ज्यान गुमाउनु पर्ने ब्याध्य भएको गिरिले बताए । स्वास्थ्य सस्था आउने बिरामीहरु को चाप बढी त्यो अनुसार दरबन्दी कमि हो कामको भार बढी छ गाउँ पालिका बाट राखियका कर्मचारी करारमा सेवा सुबिधा पनि पायका छैन ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एकता बचत तथा ऋण सहकारीकाे वार्षिक उत्सवमा १८ जनाले रक्तदान गरे

धनसरा बुढाटीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाकाे वार्षिक उत्सवमा रक्तदान कार्यक्रम गरिको छ ।टीकापुर नगरपालिका वडा नं. १ ब्यवसायक्षेत्र स्थित सहकारी

अझै पढ्नुहोस्
राजनीति

विप्लव माओवादी कार्यकर्ता सामुदायिक वनबाट लाखौंको चन्दा असुल्दै

जमुना न्युरे,सुखड/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका सामुदायिक वनमा मनलाग्दी चन्दा असुलीमा लागेका छन् । सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक

अझै पढ्नुहोस्
समाचार

कैलालीमा ६ लाख २० हजार २५ बिरुवा उत्पादन

जमुना न्युरे,कैलाली जिल्लामा रहेका सब डिभिजन बन कार्यलयहरुले आथिक बर्ष २०७९/२०८० मा कैलाली जिल्ला विभिन्न ठाउँमा ६लाख २० हजार २५ बिरुवा उत्पादन गरिएको छ ।

अझै पढ्नुहोस्
समाचार

साझेदारी बन ब्यवस्थापनका लागि डिभिजन बन पहलमानपुरको पहल सुरु

जमुना न्युरे,सुखड /डिभिजन बन कार्यालय पहलमानपुर कैलालीले साझेदारी बन ब्यवस्थापनका लागि पहल सुरु गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला निकायहरु संग एक कार्यक्रमका बिच छलफल

अझै पढ्नुहोस्