नागरिक उन्मुक्ति पार्टीकाे राजापुरमा नगर स्तरीय भेला सम्पन्न

शेयेर गर्नुहोस

राजापुर/ बर्दिया जिल्लाको राजापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको नगर स्तरीय भेला सम्पन्न भएको छ ।

शनिबार बर्दिया जिल्लाकाे राजापुर नगरपालिका वडा नं. ४ मा नागरिक उन्मुक्ति पार्टीको नगरस्तरिय भेला सम्पन्न भएको हाे ।

भेलाले समाजसेवि रूद्र बहादुर चाैधरी बखरियाको संयोजकत्वमा २१ सदस्सीय नगर कार्यसमिति चयन गरेको छ जसकाे सह संयाेजक अरुण कुमार चाैधरी,काेषाध्यक्षमा राम कुमार चाैधरी रहनुभएकाे छ । नगर स्तरीय भेला कार्यक्रम मा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता तथा केन्द्रीय सदस्य दामाेदर पन्डित प्रमुख अतिथि रहनु भएको थियाे ।

नगर भेला कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य लक्ष्मण किशाेर चाैधरी लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियाे । केन्द्रीय सदस्य वलविर चाैधरी लगायत केन्द्रीय स्तरका पत्रकारहरुकाे उपस्थित रहेको कार्यक्रम संचालन केन्द्रीय सदस्य राम बहादुर बखरीयाले संचालन गर्नु भएको थियाे ।

पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न नगरपालिका तथा गाउँपालिकाका वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।
नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सभामुख भण्डारीले अप्रत्यक्ष रुपमा मुख्यमन्त्री भट्टलाई सहयोग गरे : निवर्तमान मुख्यमन्त्री शाह

धनगढी, ३ भदौ / सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सभाका सदस्य प्रकाश देउवालाई एकाएक हटाइएको विषयमा

अझै पढ्नुहोस्