नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ काे उत्साहजनक रुपमा टाेल भेला सम्पन्न

शेयेर गर्नुहोस

एम.एस श्रीपाइली,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ काे एकता नगर शिबिरमा नागरिकको उत्साहजनक रुपमा प्रथम टाेल भेला सम्पन्न भएको छ ।

शुक्रबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ काे एकता नगर शिविरमा नागरिक उन्मुक्ति पार्टीले उत्साहजनक रुपमा प्रथम टाेल भेला सम्पन्न गरेको हाे ।

टाेल भेला कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दामोदर पण्डित प्रमुख अतिथि रहनुभएकाे थियाे ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य रमेश वि.क. लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे

विन्दु दासकाे संयाेजकत्वमा २५ सदस्यीय टाेल कमेटी गठन भएको छ । कार्यक्रममा २६ जना विभिन्न पार्टीबाट नेता तथा कार्यक्रता नागरिक उन्मुक्ति पार्टीमा पर्वेश गरेकाे जनाएको छ ।
नरेश वि.क.काे सभापतित्वमा भएको कार्यक्रम संचालन केन्द्रीय सदस्य दिपक निशानीले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

१ हजार १ सय २३ संख्यामा जलपंक्षीको गणना घोडाघोडीमा

जमुना न्युरे,सुखड/पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा यस वर्ष हिउँदे जलपंक्षी गणना सम्पन्न भएको छ।एशियाली जलपन्छी गणना कार्य सन् १९८७ देखि सुरु गरिएको जलपन्क्षी गणना

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख राजश्व संकलन

टीकापुर नगरपालिकाले दुई महिनामा १ करोड ३९ लाख भन्दा बढी आन्तरीक राजश्व संकलन गरेको छ ।नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनामा एक करोड ३९

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश

अझै पढ्नुहोस्
समाचार

सिङ्गेकोट सामुदायिक बन उपभोक्ताकाे १४ औ साधारणसभा सम्पन्न

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ९ फारम क मा रहेको सिङ्गेकोट सामुदायिक बन उपभोक्ता समुहको १४ औ साधारणसभा सम्पन्न भएको छ।साधारणसभाको प्रमुख

अझै पढ्नुहोस्