नागरिक उन्मुक्ति पार्टीले आधिकारिकता पाएको जानकारी गर्न पत्रकार सम्मेलन

शेयेर गर्नुहोस

अप्सरा बुढा,
टीकापुर/ नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयाेगमा दल दर्ता भएको जानकारी गर्न टीकापुरमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा नयाँ दल नागरिक उन्मुक्ति पार्टीले संघियता, समाजवाद, देशभक्ति लाेकतन्त्रलाइ मुल सिद्धान्तलाई अंगिकार गर्दै पहिचान र भुगाेलकाे मुद्दा लिएर अगाडि बढ्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा टीकापुर ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारुले साे कुरा बताउनुभयो । केन्द्रीय सदस्य डगाैरा थारुले नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयाेगमा १८१ दर्ता नम्बर सहित प्रमाण पत्र प्राप्त गरि सकेकाे बताउनुभयो । उहाँले भाैगाेलिक साँस्कृतिक पहिचान सहितकाे संघियतालाइ मुल सिद्धान्त बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले जनजाति, दलित तथा पिछडिएका समुदायको हकहित र पहिचानको मुद्दालाई आत्मसात गरि आगामी चुनावमा जनता माझ जाने बताउनुभयो ।

पत्रकारहरुकाे जिज्ञासालाई सम्बाेधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा पार्टी प्रबक्ता दामोदर पण्डितले एमसीसी सम्झौताका बारेमा पार्टीले स्पष्ट धारणा नबनाएकाे भए पनि देश र जनताकाे अहितमा हुने कुनै पनि सन्धी सम्झौता स्कार्य नहुने बताउनुभयो । प्रवक्ता पण्डितले आगामी स्थानीय निकायकाे चुनावमा कुनै पार्टी संग समन्वय र सहकार्य नहुने बताउनुभयो । पण्डितले स्थानीय चुनावमा लड्न नागरिक उन्मुक्ति पार्टी एक्लै सच्छम रहेकोले पनि कुनै दल संग कुनै किसिमको सहमति र सहकार्य नगर्ने बताउनुभयो ।

केन्द्रीय सदस्य पण्डितले नागरिक उन्मुक्ति पार्टी पहिचानबादीकाे पार्टी भएकोले सम्पूर्ण जनजाति दलित तथा पिछडा वर्गका समुदायलाई गाेलबन्द भइ संगठित हुन अपिल गर्नुभयाे । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु दामोदर पण्डित, रामलाल डगाैरा थारु, रमेश वि.क., लालविर चाैधरी र वलविर चाेैधरीकाे सहभागीता रहेको थियाे ।
पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fatbet Slot Machine Gambling Risks and Rewards Explained

Numerous benefits exploring bovada lv and responsible gaming practices

Juegos De Azar En Línea Con Ganancias Reales En Gametwist.

Strategic dodging skills are key to surviving the chaotic challenge of chickenroad and scoring big

Incredibile sfida attorno a chickenroad per superare pericoli e raggiungere la meta velocemente

Zážitek od registrace do výhry s mostbet casino nabízí moderní zábavu a rychlé výplaty

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मानव अधिकारकर्मीहरूले सुदूरपश्चिम सरकारका कानुनमन्त्री सार्की ध्यानाकर्षण

धनगढी: बहुविवाह गर्न पाउने कानुनको मस्यौदा खारेज हुनुपर्ने मागसहित कैलालीका महिला मानव अधिकारकर्मीहरूले सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको ध्यानाकर्षण गराएका छन्। मुलुकी अपराधसंहिता

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिममा वन उपभोक्ताको आन्दोलन पुनः सक्रिय हुँदै, मंसिर १९ मा कार्यक्रम सार्वजनिक गर्ने

धनगढी / सुदूरपश्चिम प्रदेशमा वन उपभोक्ता समूहका माग सम्बोधनमा सरकारको ढिलासुस्ती देखिएको भन्दै स्थगित आन्दोलन पुनः सक्रिय पारिने भएको छ। आन्दोलन परिचालन समन्वय समिति तथा

अझै पढ्नुहोस्