नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई जवाफ

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई कडा जवाफ दिएकी छिन् ।
गठबन्धनको सरकार नबने रेशम चौधरी छुट्दैनन् भन्ने पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीकाे भनाइ प्रति नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीले प्रतिक्रया दिदै साे कुरा बताउनु भएको हाे ।

सामाजिक सञ्जालमा आफ्नो विचार राख्दै उनले भनेकि छिन्, यदि अहिले विभिन्न गठबन्धनवाला मध्य कोही गठबन्धनवालाले “रेशम” हामीले जिते छुट्छ भनी भन्छन् भने म ती सबैलाई यत्ति भन्छु, रेशम लगायतका अन्य मानिसहरु नेलमा बन्धकी जीवन बिताइरहँदा तपाईंहरु छुटाउने ठाउँमा हुनुहुन्थेन र ?

अस्ति भर्खर होइन र सरकारले मुद्दा फिर्ता गर्यो अब रेशम लगायतका मानिस छुट्छन् भनेको ? अनि खै त आज सम्म छुटेको ? अनि अब फेरि तपाईंहरुले बोलेको विश्वास कसरी गर्ने ?
नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीले असोज २९ गतेका दिन गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दैगर्दा निर्वाचनपछि गठबन्धनको बहुमतको सरकार नबनेसम्म रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहा नहुने अभिव्यक्ति दिनुभएकाे थियाे ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पूर्वमन्त्री चौधरीले ‘यो थारुको मात्रै होइन, ५/६ सय जनाको मुद्दासँग सम्बन्धित छ । टीकापुर मुद्दा, विप्लव समूहको मुद्दा, आदिवासी जनजातिहरुको मुद्दा जबसम्म कानून संशोधन हुँदैन, नियमावली संशोधन हुँदैन, संविधान संशोधन हुँदैन तबसम्म हाम्रा साथीहरुको मुद्दा फिर्ता हुँदैन । छुट्न सक्ने अवस्था छैन ।’ भनि अभिव्यक्ति दिएका थिए ।

‘यसको लागि गणितीय हिसाबले जानुपर्ने हुन्छ । एक तहको अदालतले फैसला गरेको मुद्दा मन्त्रिपरिषदबाट फिर्ता लिन नपाइने कानूनी अवस्था छ । फिर्ता लिनको लागि कानून संशोधन गर्नुपर्नेछ । कानून शंसोधनको लागि संसदमा दुई तिहाईको बहुमत चाहिन्छ । जबसम्म हालको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बहुमत ल्याउँदैन र पावरमा जाँदैन, तबसम्म बहुमतको सरकार बन्दैन । कानून संसोधन पनि हुँदैन ।’

आफू स्वास्थ्यमन्त्री हुँदा २०७२ भदौ ७ र ८ को घटना सम्बोधनको लागि सरकारमा गएको जिकिर गरेका छन् । उनले भने, ‘२०७२ मा संविधान लेखनको क्रममा थरुहट र अखण्ड आन्दोलन भयो । दुबै आन्दोलन राज्यसँग थियो । दुर्भाग्यवश भदौ ७ गते टीकापुर घटना घट्यो । त्यो मुद्दा राजनीतिक मुद्दा हो भनेर फिर्ताको प्रक्रिया अगाडि बढायौ । ८२ घर, पसलमा आगजनि भयो । निकासको लागि नै आफूहरु सरकारमा गएका थियौ । रेशम चौधरीलाई १ करोड ७२ लाख, निरु टेडर्स, जनक चौधरीलगायतलाई आफ्नै कार्यकालमा क्षतिपूर्ति दिलाएका हौ ।’ पुर्व स्वास्थ्य मन्त्री चौधरीले भनेका थिए ।

यहि अभिव्यक्तिको प्रतिक्रिया नागरिक उन्मुक्तिपार्टीबाट प्रतिस्पर्धा गरिरहेका श्रेष्ठ चाैधरीले फेक हल्ला गर्ने नेतागणहरु हो, तपाईं जस्ता एकाध मानिसको हल्ला सार्थक हुँदैन। त्यो सार्थक त त्यति बेला हुनेछ जतीबेला हामी सामाजिक न्यायको वकालत गर्नेहरु आफैंमा एक शक्ति हुनेछौं। हाम्रो उपस्थितिले जब संसदमा निति निर्माणमा हस्तक्षेप गर्न सक्ने ल्याकत राख्नेछ त्यो दिन के सडक के सदन हाम्रो सुनुवाइ हुनेछ। अन्तर्राष्ट्रिय समुदायले समेत हाम्रो पहिचानलाई मान्यता दिनेछ भन्दै सामाजिक सञ्जालमा लेखेका छिन् ।

उहाँ सम्पूर्ण अल्पसंख्यक आदिवासी जनजाति लगायत समाजको मुलधारबाट बन्चितीकरणमा परेका तमाम विविधतालाई वैकल्पिक राजनीतिको सुरुवात गर्न लागिरहेको नागरिक उन्मुक्तिलाई भोट हारेर देशको एक शक्ति बनाउन समाजिक सञ्जाल मार्फात अनुरोध गरेका छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गरिका छन् ।टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे । टीकापुर

अझै पढ्नुहोस्
खेलकुद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ७ गते, मुख्य प्रायोजकमा सुदुरपश्चिमाञ्चल एकेडेमी

धनगढी/‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ असार ७ गते आयोजना हुने भएको छ । सुदुरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने पाँचौ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’

अझै पढ्नुहोस्
समाचार

जिल्ला समन्वय समिति प्रमुख पदका लागि पन्त उम्मेदवार

धनगढी/यही मंसिर १६ गते हुने उप निर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदका लागि हुने निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट केशवराज पन्तलाई उम्मेदवार बनाउने

अझै पढ्नुहोस्
समाचार

गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको : लामिछाने

धनगढी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । यसअघि आफूलाई यो विषयमा केही

अझै पढ्नुहोस्