घोडाघोडीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिकाले काठमाण्डौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न १५ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

सोमबार आयोजित विशेष कार्यक्रममा १५ औँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा घोडाघोडीको प्रतिनिधित्व गर्दे सुदूरपश्चिम प्रदेश बाट सहभागी मध्ये पदक विजेता खेलाडी, प्रशिक्षकलाई पालिकाले नगद, अबिर,प्रशंसा पत्र र खाँदा ओढाएर सम्मान गरेको छ ।

सुदूरपश्चिम प्रदेश बाट १५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विजेता खेलाडीलाई क्रमशः १० हजार, ७ सय ५ हजार, ५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ ।

नगरपालिकामा भएको कार्यक्रममा विजेता खेलाडी तथा प्रशिक्षकहरूलाई मेयर खडक बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत शिवसिंह भण्डारी,उप सचिव खगेन्द्र बहादुर सिंह, शिक्षा शाखाका अधिकृत उमेश राज रेग्मी र नगर प्रवक्ता घनश्याम ओझाले संयुक्त रूपमा पुरस्कार वितरण गर्दै सम्मान गरेका थिए ।

उक्त अवसरमा नगर प्रमुख खडक बहादुर रावतले विजेता खेलाडीलाई थप प्रोत्साहनका लागि पदक विजेता खेलाडी पुरस्कार तथा प्रशिक्षकलाई सम्मान गरिएको बताए । खेलाडीको हौसला वृद्धि तथा उच्च मनोबल रहोस् भन्दै खेलाडीको लागि पालिकामै बोलाएर सम्मान गरिएको नगर प्रमुख रावतले बताए । आगामी दिनमा पनि खेल जगतमा हुने क्रियाकलापमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने बताए ।  विभिन्न विधामा कीर्तिमान राख्ने तथा पदक जित्ने खेलाडीहरूलाई उनले उज्ज्वल भविष्यको शुभकामना समेत दिएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गएको संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो भएको थियो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य पदक जित्यो । त्यस्तै ११, १२ र १३ औँ संस्करणको विजेता लुम्बिनी प्रदेश ५ स्वर्ण, १३ रजत र १५ कांस्यसहित तेस्रो भएको छ ।

सुदूरपश्चिम प्रदेश बाट खेल्ने विमला महरा भलिबलमा प्रथम,सङ्गीता विक दौडमा प्रथम, विवेक चौधरी सटफटमा प्रथम, विक्रम विष्ट दौड, विकास बुढा ट्रिप जम्पमा प्रथम, सुस्मिता चौधरी हाई जम्पमा प्रथम, पवित्रा चौधरी लङ जम्पमा द्धितिय,विक्रम वि.क दौड द्धितिय र उषा चौधरी रिले दौडमा तृतिय भएका थिए । उनीहरू सबै घोडाघोडी नगरपालिका भित्रका खेलाडी हुन् । उनिहरुको प्रशिक्षक तेज बहादुर देउवा हुन

ताजा खबर

The Best Online Roulette: A Comprehensive Guide

Como Jogar Roleta Francesa: Guia Completo

Understanding ESA Letters in Missouri: A Comprehensive Guide

Jogar Roleta Online Brasil: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to Live American Roulette Free

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

पौराणिक कला संस्कृति संरक्षणका लागि लवाङ्गी पुजा

धनगढी, ११ मंसीर । कैलालीको गौरीगंगा नगरपालिका–१०, सुन्दरपुरमा छैठौं लवाङ्गी पुजा तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । ‘भाषा, कला संस्कृति हमार पहिचान, थारु

अझै पढ्नुहोस्