TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

नागरिक उन्मुक्ति पार्टीले ४०० स्थानमा उम्मेदवार उठाउने र कैलाली १ बाट पार्टी अध्यक्ष रन्जिता

शेयेर गर्नुहोस

टीकापुर/मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार उठाउने तयारी गरेकाे छ ।

अहिले सम्मकाे तयारी अनुसार प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको पार्टीले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले हालसम्म ४१ जिल्लामा उम्मेदवारी दिने तय भैसकेको जनाएकाे छ ।

तराईसंगै पहाडमा समेत पार्टीकाे पक्कड बलियाे देखिन थालेकाे जनाइएको छ । नागरिक उन्मुक्ति पार्टीले काठमाडौं, ललितपुरबाट समेत उम्मेदवार उठाउने तय गरिएको छ । त्यस्तै कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, परासी, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा, सुनसरी, मोरङ जिल्ला रहेका छन् ।

त्यस्तै, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला, जाजरकोट, झापा, जुम्ला, कालिकोट, मुगु, रामेछाप, उदयपुर, काभ्रे, दोलखा र नुवाकोटबाट पनि उम्मेदवारी दिने भएको छ । पार्टी संगठन विस्तारकै क्रममा रहेकाले उम्मेदवार हुन सक्ने जिल्ला अझ थपिन सक्ने स्राेतले जनाएको छ ।

यसै विच कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले चुनाव लड्ने घोषणा गरेकी छन् । चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट माननीय रेशम चौधरीले अत्यधिक मतका साथ प्रतिनिधि सभाको निर्वाचन विजयी हुनुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र निरक्षाण गर्ने

जमुना न्युरे,सुखड/सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको प्रदेशका डडेलधुरा, डोटी,अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट संचालित बिकास आयोजनाको अनुगमन र

अझै पढ्नुहोस्
पर्यटन

ओझेलमा नायल ताल 

धनगढी/चुरे पर्वतको टाकुरामा रहेको प्राचीन नायल ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१२ मा रहेको नायल तालले पर्यटनको अथाह सम्भावना

अझै पढ्नुहोस्
समाचार

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० :नवजीवन को–अपरेटिभ्स सह–प्रायोजक

धनगढी/‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा धनगढीको नवजीवन को–अपरेटिभ्स लिमिटेड जोडिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको पाँचौं संस्करणमा नवजीवन सह–प्रायोजकको

अझै पढ्नुहोस्