नागरिक उन्मुक्ति पार्टीले ४०० स्थानमा उम्मेदवार उठाउने र कैलाली १ बाट पार्टी अध्यक्ष रन्जिता

शेयेर गर्नुहोस

टीकापुर/मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार उठाउने तयारी गरेकाे छ ।

अहिले सम्मकाे तयारी अनुसार प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको पार्टीले जनाएको छ ।
नागरिक उन्मुक्ति पार्टीले हालसम्म ४१ जिल्लामा उम्मेदवारी दिने तय भैसकेको जनाएकाे छ ।

तराईसंगै पहाडमा समेत पार्टीकाे पक्कड बलियाे देखिन थालेकाे जनाइएको छ । नागरिक उन्मुक्ति पार्टीले काठमाडौं, ललितपुरबाट समेत उम्मेदवार उठाउने तय गरिएको छ । त्यस्तै कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, परासी, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा, सुनसरी, मोरङ जिल्ला रहेका छन् ।

त्यस्तै, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला, जाजरकोट, झापा, जुम्ला, कालिकोट, मुगु, रामेछाप, उदयपुर, काभ्रे, दोलखा र नुवाकोटबाट पनि उम्मेदवारी दिने भएको छ । पार्टी संगठन विस्तारकै क्रममा रहेकाले उम्मेदवार हुन सक्ने जिल्ला अझ थपिन सक्ने स्राेतले जनाएको छ ।

यसै विच कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् रेशम चौधरीका पत्नी रञ्जिता श्रेष्ठ चौधरीले चुनाव लड्ने घोषणा गरेकी छन् । चौधरीले प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्। २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट माननीय रेशम चौधरीले अत्यधिक मतका साथ प्रतिनिधि सभाको निर्वाचन विजयी हुनुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

साउँदद्वारा कलाकार कल्याणकारी कोषलाई रकम र परिवार गृहलाई खाद्यान्न हस्तान्तरण

जमुना न्युरे/ धनगढी लेडि जेसिज बर्ष २०२३ की अध्यक्ष समाजसेवी एवं डेउडा प्रतिष्ठान केन्द्रीय आजीवन सदस्य सरिता साउँद खडायत ले आज मिति २०८० असार १०

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु

सुखड/कैलालीको घोडाघोडी नगरपालिकामा पनि पोलियो विरुद्धको आई पी भी खोप अभियान २०८१ सुरु हुने भएको छ । यही जेठ १३ देखी २६ गते सम्म आई

अझै पढ्नुहोस्
समाचार

प्रेस युनियन कैलालीको तिज बिशेष कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी, ११ भाद्र/नेपाल प्रेस यूनियन कैलाली शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । कैलाली शाखाले हिन्दु नेपाली नारीहरुको विशेष पर्वका रुपमा मनाइने तिजको अवसरमा शनिवार

अझै पढ्नुहोस्
समाचार

मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखियो

धनगढी/कैलालीमा एक बजारको नाम परिर्वतन गरिएको छ । जिल्लाको बर्दगारीया गाउँपालिका –४ मा पर्ने साविकको मुडा बजारको नाम परिर्वतन गरेर कोटागढी बजार राखिएको वडा अध्यक्ष

अझै पढ्नुहोस्