TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

धनगढीमा अभाव छ सार्वजनिक शौचालय, प्रतियोगिताका नाममा नीजि कम्पनिलाई रकम

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय निर्माण भएका छैनन् ।

धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा बढि सार्वजनिक शौचालयको आवश्यकता रहेको बताइन्छ ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने– ‘अहिले उपमहानगरपालिकाको मुख्य सडकमा व्यवसायीहरूबाट १० भन्दा बढी सार्वजनिक शौचालयको माग आइरहेको छ ।’

हाल धनगढी उपमहानगरपालिकाभित्र मुख्य सडकमा सार्वजनिक शौचालय छैनन् । धनगढी उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार धनगढी बसपार्कमा दुई, उपमहानगरपालिकाको कार्यालय अगाडी एक वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् ।

उपमहानगरपालिकाको मुख्य सडक तथा बजारमा मात्रै नभएर भित्रि सडक वा सहायक सडकमा समेत सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्थानीय बताउछन् । भट्टले भने– ‘मुख्य सडकमा मात्र नभइ धनगढीका सहायक सडकमा पनि सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।’ उनका अनुसार अहिले मुख्य सडक वा बजारमा मात्रै नभएर चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस सडकमा पनि सार्वजनिक शौचालयको माग रहेको छ ।

धनगढीमा मानिसको चहलपहल हुने तथा सवारी साधनको चाप हुने सडक र बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उनले भने– ‘माग अनुसारको सार्वजनिक शौचालय निर्माण गर्न बजेट अभाव छैन ।’

उनले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभाव भएको बताए । उनले भने– ‘मुख्य र सहायक सडकमा सार्वजनिक जग्गा नहुँदा समस्या भएको छ ।’

बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ, तर त्यसको ब्यवस्थापन सहि ढंगले हुन सकेको छैन । धनगढीमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ ।

कैलाली जिल्लालाई मुलुकको ५१ औं जिल्लाका रूपमा २०७५ जेठमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । कैलालीमा एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, कैलाली अझै पूर्ण रुपमा खुला दिसामुक्त जिल्ला बनिसकेको छैन ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका अनुसार जिल्लामा धारा, ह्याण्ड पम्प (नल्का), वर्षा लगायत गरी ९७ प्रतिशतमा आधारभूत खानेपानीको पहुँच रहे पनि अझै तीन प्रतिशतले नदी तथा खोलाकै पानी प्रयोग गरिरहेको देखाएको छ ।

कैलालीमा खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा रहे पनि कुल घरधुरीको ६० प्रतिशतमात्र शुद्ध खानेपानीको पहुँचमा रहेको तथ्यांकले देखाएको छ ।

कागजमै सार्वजनिक शौचालय

धनगढी उपमहानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन प्रतियोगिता गराएर नीजि कम्पनिलाई एक लाख नगद लगानी गरेको छ । उपमहानगरपालिकाले शौचालय निर्माणमा लगानी कम गराउन बोलपत्र नभई प्रतियोगितामार्फत डिजाइन तयार गरेको थियो । तर, कम्पनिले डिजाइन तयार पारेको भएपनि निर्माणको थालनी भएको छैन् । इन्जिनियर भट्टले भने –‘शौचालयको डिजाइनका लागि बोलपत्रमार्फत लगानी बढी हुने भएकाले प्रतियोगिता गरिएको हो । जसमा प्रस्तावित सार्वजनिक शौचालयको डिजाइन प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसनले २१ दिने सूचना निकालेको थियो ।’

प्रतियोगितामा प्रथम र दोस्रो हुने शौचालयको नमुनालाई धनगढी उपमहानगरपालिकाले क्रमशः १ लाख २५ हजार र ७५ हजार पुरस्कार प्रदान गरेको थियो । धनगढी उपमहानगरपालिकाले २०७९ पुस ८ गते सार्वजनिक शौचालय निर्माण गर्न प्रतियोगिता गराउने र प्रथम र द्वितीय हुने डिजाइनलाई क्रमशः १ लाख २५ र ७५ हजार पुरस्कार दिने निर्णय गरेको थियो । पुस ११ गते धनगढीमा निर्माण हुने सार्वजनिक शौचालयहरूलाई अत्याधुनिक बनाउन सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)लाई डिजाइन पेस गर्न आग्रह गरेको थियो । 

उपमहानगरलाई प्राप्त भएका २० नमुनामध्ये काठमाडौंको लिटल मोर स्टुडियोका राहुल बज्राचार्य, साजनराज महर्जन र जेनिसा खत्रीले तयार गरेको शौचालयको नमुना प्रथम भएको थियो ।  उक्त डिजाइन अनुसारको शौचालय उपमहानगरपालिकामै रहेको शौचालयलाई मर्मत गरिरहेको छ ।

उपमहानगरपालिकाले सविन शिल्पकार, सागर सैँजु र निजल लवाजुले तयार गरेको डिजाइन दोस्रो भएकोमा एक लाख २५ हजार पुरस्कार प्रदान गरेको थियो ।

धनगढीकी उपप्रमुख कन्दकला रानाले भनिन –‘धनगढीमा सार्वजनिक शौचालयसहित रोजगारी प्रदान गर्ने योजना रहेको छ । सार्वजनिक शौचालय निर्माण भएका ठाउँमा चिया तथा कफी पसल सञ्चालन गर्न इच्छुक व्यक्तिले सम्पर्क गर्न आवश्यक रहेको छ ।’ 

धनगढीमा निर्माणाधिन मुख्य सडक धनगढी चौराहादेखि क्याम्पसरोडसम्म सार्वजनिक जग्गा नहुँदा सार्वजनिक शौचालय कहाँ बनाउने भन्ने समस्या रहेको छ । उपमहानगरपालिकाले सडक चौडाइका नाममा बनेको सार्वजनिक शौचालय पनि भत्काएको छ । धनगढीको कर कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि बनेका सार्वजनिक शौचालय सडक निर्माणका क्रममा भत्काइएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्