धनगढीको उर्मामा काठ चोरीको अभियोगमा सामुदायिक वनका सचिव पक्राउ

शेयेर गर्नुहोस

धनगढी,८ मंसिर/धनगढी को एक सामुदायिक वनका सचिव पक्राउ परेका छन् । उपमहानगरपालिकाको एक सामुदायिक वनका सचिवलाई काठ चोरीको अभियोगमा सव डिभिजन वन कार्यालय फूलबारीले पक्राउ गरेको छ । उपमहानगरपालिकाको वडा नम्बर १५ उर्माको शिव दर्शन एकता सामुदायिक वनका सचिब गया प्रसाद रानालाई पक्राउ गरिएको हो ।

काठको गोलिया चोरी गरेको अभियोगमा मंसिर ४ गते पक्राउ गरि वन कार्यालयको हिरासतमा राखिएको सव डिभिजन वन कार्यालय फूलबारीका प्रमुख लोकराज दाहालले जानकारी दिए । उनले मंसिर ४ गते फूलवारी सव डिभिजनका कर्मचारीले रानालाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १४ फिट लम्बाईको सालको गोलिया सहित पक्राउ गरि छानविनको लागि हिरासतमा राखेको बताए । रानालाई काठ चोरीको अभियोगमा पक्राउ गरि थप अनुसन्धान भइरहेको दाहालको भनाई छ ।

तर सोही सामुदायिक वनका अध्यक्ष पर्शुराम रानाले सचिवले काठ चोरी गरेको भन्ने कुरा गलत भएको बताए । उनले सचिब रानाको घरमा कोही नभएको बेला उनलाई फसाउने हिसावले रातीको समयमा अरु कसैले नै काठ लुकाएको बताए । सो दिन सचिब राना घरमा नभएको बताउँदै अध्यक्ष रानाले काठ चोरी गरेर चोरले सचिब घर पछाडि लुकाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जानकिका असहाय बालबालिकालाई वास नेपालको सहयोग

विनोद चाैधरि, दुर्गाैलि / जानकि गाउँपालिकाका चार असहाय बालबालिकाले आर्थिक सहयोग पाएका छन् । युनिसेफ नेपाल र बागेश्वरी असल शासन युवा क्लव (बास)द्वारा बाल संरक्षण

अझै पढ्नुहोस्
समाचार

राष्ट्रपति रनिङ प्रतियोगिताकाे उपाधी धनगढी उपमहानगरपालिकालाई

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले लिएको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपालिका ४५

अझै पढ्नुहोस्
समाचार

सामुदायिक वनहरुलाई वन डढेलो व्यवस्थापन तालिम सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मा रहेको तिल्कहनीपुर सामुदायिक वनको सभा हलमा सामुदायिक वनहरुलाई वन डढेलो व्यवस्थापन सम्बन्धि तालिम आज सम्पन्न भएको छ

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा रहेकाे केरा पकाउने च्याम्बरकाे नगर प्रमुख थारुद्वारा अनुगमन

टीकापुर/कैलालीको टीकापुर- २ मा रहेकाे केरा पकाउने च्याम्बरकाे नगर प्रमुख रामलाल डगाैरा थारु लगायतको टाेलिले अनुगमन गरेकाे छ । साेमबार टीकापुर- २, बन्दिपुरमा बन्द अवस्थामा

अझै पढ्नुहोस्