कृष्णपुरमा ५० प्रतिशत अनुदानमा किसानलाई च्याउको बीउ वितरण

शेयेर गर्नुहोस

ज्मुना न्युरे/ कृष्णपुर नगरपालिकाले किसानलाई च्याउको बीउ वितरण गरेको छ । शुक्रबार नगरपालिका परिसरमा जम्मा भएका किसानलाई नगरपालिकाको कृषि विकास शाखाले कन्ये च्याउको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको हो । नगरपालिकाले एक हप्ता अगाडी च्याउ खेती गर्न चाहाने किसानका लागि भन्दै सूचना जारी गरेपछि शुक्रबार बीउ लिनेको भिड लागेको हो ।

नौ वटै वडाबाट आएका किसानहरुलाई नगर उपप्रमुख द्रोपती रानाले कन्ये च्याउको बीउ हस्तान्तरण गरेकी हुन । उक्त वितरण कार्यक्रममा नगर प्रवक्ता एंव वडा न.१ का अध्यक्ष मोहन बस्नेत,वडा न.३ का अध्यक्ष खेमराज चौधरी,वडा नं ६ का अध्यक्ष बाबुराम चौधरी,वडा नं ७ का अध्यक्ष घुम्मन राना र वडा न.९ का अध्यक्ष कैलाश बहादुर बलायरको उपस्थिति रहेको थियो ।

नगरपालिकाले व्यक्तीगत रुपमा खेती गर्ने किसानलाई ४ पोका बीउ र सहकारी अथवा समूहमा खेती गर्ने किसानलाई ६० पोका च्याउको बिउ वितरण गरेको हो । कृषि शाखाले च्याउको बीउसँगै किसानलाई खेती गर्न सजिलो होस् भन्नका लागि प्लाष्टिक पनि वितरण गरको हो । च्याउको बिउ वितरण गर्ने कार्य अर्को हप्तासम्म रहने कृषि शाखा प्रमुख लाल बहादुर धामीले जानकारी दिए । व्यवसायिक किसान बढ्न थालेपछि नगरपालिकाले हेरक वर्ष किसानलाई अनुदानमा च्याउ लगागत अन्य खेतीका लागि पनि बीउ वितरण गर्दै आएको छ ।

ताजा खबर

Just how to Validate an ESA Letter: A Comprehensive Overview

Exploring the most effective ESA Letter Site According to Reddit Users

Lorem Ipsum

The Ultimate Guide to Top Slots: Whatever You Required to Know

Casino Free Slots

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर ५ मा नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला सम्पन्न

टीकापुर/नागरिक उन्मुक्ति पार्टीको प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।मंगलबार कैलालीको टीकापुर नगरपालिका वडा नं. ५ मनिकापुरमा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा

अझै पढ्नुहोस्