दुई लाखको सामान समातियो

शेयेर गर्नुहोस

मोहित श्रीपाइली,बैदि / सरकारले किसानलाई समयमा सहजरूपमा मल उपलब्ध गराउन नसकेको अवस्थामा भारतीय बजार बाट मल ल्याउन थालेको छ ।

नेपालमा सहजरूपमा मल उपलब्ध हुन नसक्दा प्रशासनले पनि किसानलाई भारत बाट आउने मल माथि कडाइ गरेको छैन ।तथापि सिमाक्षेत्र बाट मल ल्याउने बहानामा अन्य सामान भित्रीने भेटिएको छ । युरियाकाे नाममा किसानको नाममा जनतालाई भावनात्मक बनाएर तस्करी गर्ने रहस्य बाहिर आएको छ ।

यसकाे ज्वलन्त प्रमाण टिकापुर ७ कालाकुण्डामा साउन १७ गते राति साढे १२ बजे भेटिएको छ ।
सत्ति भन्सार कार्यालय र शसस्त्र प्रहरी खक्राैलाकाे राजस्व गस्ती टाेलिकाे संयुुक्त टाेलिले गस्ती गर्ने क्रममा मलको बाेरा भित्र चिनि तस्करी हुने गरेको रहस्य बाहिर आएको हो ।

गस्ती टाेलिले बाहिर मल लेखिएको तथापि भित्र चिनि भएको १५ बाेरा चिनि बरामद गरेको छ ।
साथमा एक हल राँगा ,दुईवटा डन्लप( गाेरु गाडा ) ४० बाेरा युरिया र ६ बाेरा डिएसपी मल पनि बरामद गरिएको विअाेपि खक्राैलाका इन्चार्ज धन बहादुर सिंहले जानकारी दिए ।

विशेष सुराकीको जानकारी बाट साे मलको बाेरा भित्र चिनि समातिएको उनलेे बताए ।
भन्सार छलि गरेर सामान नेपाल भित्र्याउने गरेकोले सत्ति भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन ।

साउनको दाेस्राे हप्ता सम्म सत्ति भन्सारले १८ लाख रुपैयाँ संकलन गरेको जनाइएको छ भने गतवर्षकाे साउन महिनामा मात्र १ करोड ७२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्यांक छ ।
साउन र भदौमा विशेषगरी कपडा नेपाल भित्रीने भए पनि भन्सार बाट कपडा नगन्य मात्रामा आयात हुने गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

मनोरंजन

चलचित्र काँडेतार को च्यारिटी शो माघ २०मा धनगढीमा हुने

जमुना न्युरे,धनगढी/राष्ट्रबादी नेपाली  चलचित्र काँडेतार को च्यारिटी शो हुने भएको छ । माघ २० गते धनगढी को एसटीएस सिनेमा हलमा प्रदर्शन हुने भएको हो ।

अझै पढ्नुहोस्
समाचार

प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम सुरु

जमुना न्युरे/धनगढीमा गिट्टी र बालुवाको दिगो उत्खनन, प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम इन्भारोमेन्ट एण्ड इन्जिनिरिङ्ग रिसर्च सेन्टरको आयोजनामा यु. एस .ए. आइ

अझै पढ्नुहोस्
समाचार

दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे १५ ओै साधारणसभा सम्पन्न

माेहित श्रीपाइली,टीकापुर/टीकापुर नगरपालिका वडा नं. ८ बटनपुर स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।शनिबार बटनपुरमा सहकारी संस्थाकाे १५ ओै

अझै पढ्नुहोस्
समाचार

चराहरुको रोजाइमा सुखडमा रहेकाे नकरोड ताल

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको भरखरै मात्र नेपालको बर्ड सेन्चुरी घोषणा भयको घोडाघोडी ताल क्षेत्रमा रहेको नकरोड ताल चराहरु को रोजाइमा पर्न थालेको छ

अझै पढ्नुहोस्