दुई दिने बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि तालिम सुरु

शेयेर गर्नुहोस

लम्किचुहा नगरपालिका वडा न १ मा बन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि उपकरण तथा क्षमता बिकास तालीम आज सुरु भएको छ ।

पछिल्लो समयमा बढ्दै गएको मानव तथा बन्यजन्तु बिचको द्वन्द्व दिनप्रतिदिन बढ्दै गैरहेको समयमा वन्यजन्तु उद्वार तथा नियन्त्रण सम्बन्धि तालिम गरिन थालिएको छ ।

तालिममा सहजीकरण गर्दै डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले बन्यजन्तुको बासस्थान नासिएकाले नै अहिले मानव र बन्यजन्तु बिचको द्वन्द्व बढेको हो , पहिले बन घना र चाक्ला रहेका थिय आजभोलि स साना टुक्राकरण भएकाले बनको उत्पादनमा ह्रास आएको छ , बन्यजन्तुको ब्यबस्थापन तथा बन्यजन्तु को लागि अहारबिहार को लागि प्रयाप्त रुपमा घासे मैदान, पानीको लागि पोखरी घोल छैनन , त्यसले गर्दा बन्यजन्तुहरु आहार कै खोजिमा बस्ती नजिक पुग्ने गरेकाले द्वन्द्व बढ्नुका साथै जोखिममा परेका छन् ।

अब हामिले बन्यजन्तु र मानव बिचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक बनमा घासे मैदान निर्माण , पानीका लागि पोखरी निर्माण गर्दै घाइते , बेसाहारा , टुहुरा , बिरामी रहेका जनावरको सरक्षणको लागि हामिले कसरी उद्वार गर्ने , तेसको ब्यबस्थापन कसरी गर्ने जस्ता कार्य गर्नु पर्नेमा जोड दिदै वन्यजन्तु उद्वार तथा उद्वारकेन्द्र ब्यबस्थापन कार्यबिधी २०७३ मा छलफल गरिएको थियो ।

कार्यक्रम माथी प्रकाश पार्दै सब डिभिजन बन कार्यलय चिसापानीका प्रमुख पुर्ण कुमार बिष्टले बन सरक्षित भएको छैन , बनहरुको उत्पादन घट्दो रहेको छ , बनमा एक हेक्टर मा पहिले १००० हुने थियो अहिले १०० बोटबिरुवा उत्पादन हुन सकेको छैन त्यो क्षयिकरणले गर्दा बन्यजन्तुहरु लाई खाना आहारबिहार तथा लुक्ने ठाउँको कमि भएको कारण बन्यजन्तु र मानव बिचको द्वन्द्व बढी रहेको छ ।


भारतको दुधुवा नेसनल पार्क हुँदै बन्यजन्तुहरु कर्णाली कोरिडोर र बर्दिया राष्ट्रिय निकुन्ज बाटो हुँदै चुरे क्षेत्र सम्म पुग्ने गरेका छन बन्यजन्तुहरु , चुरे बाट फेरि बसन्ता सरक्षित क्षेत्र हुँदै अन्य ठाउँ वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गरेको पाइन्छ , बर्सेनि बाघ बसन्ता सरक्षित बन क्षेत्रमा डमरु हुर्काउन आउने गरेको छ ।

स्थानीयको सहभागी बिना वन सरक्षण हुन सक्दैन भनेर स्थानीय लाई सरक्षणमा ल्याउनका लागि बिगत ३ बर्ष देखि एकीकृत भु परिधी ब्यबस्थापन कार्यक्रम लागू गरिएको छ ।

सो कार्यक्रमले बनमा आश्रीत रहेका , सिमासारमा आश्रीत रहेका ,परिवारहरुलाइ आर्य आर्जनमा जोड्दै , मानव बन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरणका कार्य गर्दै आएको छ ।

तालिममा मुख्य प्रशिक्षणको रुपमा सर्प उद्दारकर्ता ,नियन्त्रण कर्ता तथा खोज अनुसन्धानकर्ता लक्षमण उपाध्यायले गरेका छ्न । तालिममा डिभिजन बन कार्यलय का मातहतमा रहेका ५० जना बन रक्षकहरुको सहभागिता रहेको छ ।
कार्यक्रम एकीकृत भु परिधी ब्यबस्थापन आयोजना ( इलम )को सहयोगमा र सब डिभिजन बन कार्यलय चिसापानीको आयोजनामा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कुकुरको टोकाइबाट चितलको मृत्युु

सुखड/कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ३मा रहेको श्री कोपिला सामुदायिक वन उपभोक्ता समूह ब्यबस्थित नगरमा स्थानीय भुसिया कुकुरहरुको टोकाइबाट चितलको मृत्युु भएको छ ।

अझै पढ्नुहोस्
समाचार

सालको काठ सहित ट्याक्टर बरामद

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ४ रामपुर बाट रामदुलारे चौधरी घर नजिकै बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको १० गोलिया

अझै पढ्नुहोस्
समाचार

प्रेस युनियन कैलालीको तिज बिशेष कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी, ११ भाद्र/नेपाल प्रेस यूनियन कैलाली शाखाले तिज विशेष कार्यक्रम मनाएको छ । कैलाली शाखाले हिन्दु नेपाली नारीहरुको विशेष पर्वका रुपमा मनाइने तिजको अवसरमा शनिवार

अझै पढ्नुहोस्
समाचार

सालको १थान गोलिया ८ थान सालको चिरान बरामद

धनगढी /कैलाली जिल्लाको घोडाघोडी नगर पालिका न वडा ११ टप्पा गाउँ बाट १ थान सालको गोलिया ८ थान सालको चिरान आज दिउँसो १बजे बरामत गरियको

अझै पढ्नुहोस्