डेउडा प्रतिष्ठानद्वारा ४ पुरस्कार सहित विभिन्न बिधाका १४ जना सम्मानित

शेयेर गर्नुहोस


जमुना न्युरे/डेउडा प्रतिष्ठान केन्द्रीय समितिले सुदूरपश्चिम गौरा महोत्सव २०८० को शुभ अवसरमा दिवंगत अग्रज स्रष्टाका नाममा स्थापित ४ वटा पुरस्कारबाट ४ जना अग्रज स्रष्टालाई नगद पुरस्कार सहित सम्मान अभिनन्दन गरिएको छ ।


सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय झपटबहादुर साउँदले सुदूरपश्चिम गौरा महोत्सव समारोह २०८० मा महाशंकर देवकोटा बाङमय पुरस्कार बाट महाकाब्यकार ज्योतिष कवि मनिराज जोशी लाई, परिमल स्नेही समता पुरस्कारबाट बिगुल बाजाका राष्ट्रिय प्रतिभा कालुसिंह दमाई लाई ,चल्ल्या साई श्रुति पुरस्कारबाट डेउडा गायक पुरन सिंह कडायत लाई र हरिश्चन्द्र कडायत साधना पुरस्कार बाट चर्चित लोक तथा डेउडा गायक दिपेन्द्र प्रसाद दाहाल लाई नगद ३ /३ हजार प्रमाणपत्र सहित दोसल्ला ओडाई सम्मानित गरिएको संस्थाका बरिष्ठ उपाध्यक्ष एवं डेउडा प्रतिष्ठान प्रतिभा छनौट समितिका संयोजक सुरत रावत डोटेली कान्छाले बताउनु भयो ।


प्रतिष्ठानले भाषा तर्फको सम्मान रानाथारु भाषामा विद्याबारिधी गर्नु भएकी धनगढीकी जीवन रानालाई, साहित्य तर्फको सम्मान कञ्चनपुरका लोक साहित्य साधक अम्बादत्त जोशीलाई ,कला तर्फको सम्मान कैलाली गाउँपालिकाका थारु गायक राज चौधरीलाई, संगीत तर्फको सम्मान बैतडीका संगीतकार किशोर भण्डारीलाई ,नाट्य अभिनय निर्देशन तर्फको सम्मान धनगढीका चलचित्रकर्मि राजकुमार जोशीलाई ,स्वास्थ्य सेवा तर्फको सम्मान जीवन नै स्वास्थ्य सेवामा समर्पित गर्नु भएका धनगढीका बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुशील भण्डारी लाई , संस्कृति तर्फको सम्मान कञ्चनपुरका संस्कृतिकर्मी तर्कराज भट्टलाई, समाजसेवा तर्फको सम्मान धनगढी निर्सग अस्पतालका अध्यक्ष तिर्थ पन्त लाई सम्मान गरिएको थियो भने शैक्षिक क्षेत्रको सम्मान कैलाली बहुमुखी क्याम्पसबाट स्नातकमा टियु टपर धरणीधर भट्ट लाई प्रमाणपत्र सहित दोसल्ला ओडाई सम्मान प्रदान गरिएको हो ।


सुदूरपश्चिम गौरा महोत्सवको अवसरमा गरिएको यो सम्मान संगै प्रादेशिक डेउडा प्रतियोगिता , चैत, धमारी,पुतला, गौरा नृत्य , एकल तथा सामुहिक गायन लगायत विभिन्न समुदायका झाँकी नियमित १६ गते सम्म सञ्चालन रहने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

घोडाघोडी ताललाई बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र)घोषणा

जमुना न्युरे,सुखड/कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) शुक्रबार एक कार्यक्रमका बिच घोषणा गरियको छ । घोषणा कार्यक्रम सुदूरपश्चिम प्रदेशका

अझै पढ्नुहोस्
समाचार

१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा टीकापुरका ६० वर्षीय पुरुष पक्राउ

टीकापुर/१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा टीकापुरका ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय

अझै पढ्नुहोस्
खेलकुद

धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स

अझै पढ्नुहोस्
समाचार

पहिरो पिडितका नाममा गरिएको वन अतिक्रमण हटाईने

जमुना न्युरे,धनगढी/कैलालीको जिल्लाको चुरे गाउँपालिका ,बसन्ता संरक्षित क्षेत्र र भिमदत्त राजमार्ग आसपास क्षेत्रमा वन अतिक्रमण गरि निर्माण गरियका सरचना तथा घरटहरा हटाउने भयको छ ।

अझै पढ्नुहोस्