टीकापुर ७ र ९ ले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँकाे बीउ वितरण

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/ टीकापुर नगरपालिका वडा नं. ७ र ९ ले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बीउँ वितरण गरेको छ ।

वडाले आर्थिक वर्ष २०७८/०७९ काे स्कृत वडागत बजेटकाे आर्थिक विकास अन्तरगतकाे बजेटबाट किसानलाई गहुँको बीउ वितरण गरेको हाे ।

वडा नं. ७ ले १ सय ४५ परिवारलाई १ सय ७८ बाेरा र वडा नं. ९ ले १२ वटा समुहका १ सय ५० जनालाई १ सय ७८ बाेरा गहुँको विउँ वितरण गरेकाे वडा सचिव लाेक बहादुर बुढाले जानकारि दिनुभयो । बुढाले यस अघिका वर्षमा समुहमा आवद्ध कृषकहरूलाई मात्र बीउ वितरण गर्ने गरेकाेमा यस वर्ष बाढीपीडित भएका परिवारलाई बढि ग्राहायता दिएकोले समुहमा आवद्ध नभएका किसानहरुलाई पनि विउँ वितरण गरेकाे बताउनु भयाे ।

बाढीपीडित राकेश वि कले आफुले ५० प्रतिशत अनुदानमा गहुँको बीउँ पाउँदा खुसिलागेकाे बताउनुभयो । यश अघिका वर्षमा हामी जस्ता समुहमा आवद्ध नभएका साना किसानलाई विउँ नदिने गरेपनि यस वर्ष विउँ पाउँदा धेरै खुसि लागेको बताउनुभयो ।

त्यस्तै अर्का किसान दिपेश चाैधरीलाइ पनि अनुदानमा विउँ पाउँदा खुसीलागेको बताउनुभयो । आफुहरुले अघिल्लो वर्ष भारतकाे तिकुनियाँबाट गहुँको विउँ ल्याएको तर आधा मात्र उम्रेकाे बताउदै तिकुनियाँबाट विउँ ल्याउदा किसानहरु ठगिने र गुणस्तरहीन विउँ पर्ने हुदा वडाले बीउ वितरण गर्दा किसानलाई सहज र सस्तो भएको बताउनुभयो ।

अघिल्लो वर्ष भारतकाे तिकुनियाँबाट महँगोमा गहुँको विउँ ल्याएर एक विगाह जग्गामा लगाए तर खेतमा २५ प्रतिशत मात्र गहुँ उम्रेर दाेस्राे पटक नेपालबाटै बीउ किनेर लगाएको स्मरण गराउदै अर्का किसान राजकुमार चाैधरीले भन्नुभयो, वडा कार्यालयले ५० प्रतिशत अनुदानमा बीउ वितरण गर्ने सुचना पाएपछि निवेदन दिएर गहुँको विउँ पाएकामा धेरै खुसि लाग्याे, ।

स्थानीय निकायमा जन प्रतिनिधि आएपछि धेरैजसो वडाहरु र कृषि शाखाबाट किसानलाई अनुदानमा धान, गहुँ तथा अन्य बालिहरुका विउँ वितरण गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

10 बुदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको केन्द्रिय मिटिङ सम्पन्न

मितिः२०८०।१२।१७प्रेस विज्ञप्तिनेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक अध्यक्ष शिव लम्सालको अध्यक्षतामा मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । केन्द्रीय समिति

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

बन डढेलो ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु

जमुना न्युरे,सुखड/कैलाली जिल्लामा बनडढेलो नियन्त्रण तथा ब्यबस्थापन सम्बन्धि जनचेतना सप्ताह सुरु भएको छ । डढेलोबाट बनलाइ जोगाऔ , “बन जङ्गलमा डढेलो लाग्न नदिऔ लागि हालेमा

अझै पढ्नुहोस्
समाचार

लगानी सम्मेलन आयोजना गरिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषद् बिहिबार बसेको बैठकले आउँदा

अझै पढ्नुहोस्
समाचार

सालको चिरान काठ सहित एक जना प्रकाउ

सुखड/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ४ जल्के राष्ट्रिय बन बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले हरियो सालको रुख काटी चिरान गर्दै गरेको

अझै पढ्नुहोस्