टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह दिवस अन्तरगत अन्तरक्रिया कार्यक्रम

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम गरि रहेको छ ।
स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि भन्ने मुल नाराका साथ टीकापुर नगरपालिकाकाे राजश्व उपशाखाले मंसिर १ गतेदेखि ७ गतेसम्म राष्ट्रिय कर दिवस मनाइ रहेको हाे ।

दिवसको चाेैथाे दिन शनिबार सराेकारवाला संग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा वडा सचिव, वडाका अन्य कर्मचारी, व्यापारी र अन्य संघ संस्था लगायतको उपस्थिति रहेकाे थियाे ।

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरीकाे अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियोे । अन्तरक्रिया कार्यक्रममा लेखा अधिकृत लक्ष्मी ओड र राजश्व उप शाखाका प्रमुख दिला कुमारी जाेसि रेग्मीले करकाे दायरा, कर संकलन लगायत कर सम्बन्धि प्रशिक्षण गर्नुभएको थियाे भने कार्यक्रम संचालन राजश्व उप शाखाका अमृता रावलले गर्नुभएको थियाे ।

नगरपालिकाले कर सप्ताह दिवस कार्यक्रमकाे पहिलो दिन उद्घाटन सहित प्रभात फेरि कार्यक्रम गरेको थियोे भने दाेस्राे र तेस्रो दिन नगरपालिकाका सबै वडामा माइकिङ तथा व्यापारीहरु संग भेटघाट कार्यक्रम गरेकाे थियोे ।

सप्ताको पाचौं र छैठौं दिन वडा कार्यालयमा गई करदाताहरु संग छलफल गरि उनिहरुकाे समस्याका बारेमा सुझाव संकलन तथा नगरपालिकाले ठेक्कामा लगाएका स्थानकाे अनुगमन र साताै दिन असल कर दाता, असल कर संकलन गर्ने कर्मचारीलाई सम्मान गरि समापन गर्ने कार्यक्रम रहेकाे राजश्व उप शाखाका प्रमुख दिला कुमारी जाेसि रेग्मीले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त

धनगढी/पत्रकार एवम् सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गर्नु भएका रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास

अझै पढ्नुहोस्
समाचार

स्थानीय तहमा काम गरेपछि मात्र कर्मचारीको बढुवा हुने

टीकापुर/ प्रदेश र स्थानीय तहमा एक कार्यकाल अर्थात् कम्तीमा दुई वर्ष सेवा गरेपछि मात्र कर्मचारीको बढुवा हुने भएको छ। सरकारले कर्मचारी समायोजन सम्पन्न गरे पनि प्रदेश

अझै पढ्नुहोस्
समाचार

टीकापुरका विभिन्न वडामा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयाे

टीकापुरका विभिन्न वडामा ११४ ओै अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । “महिलामा लगानी: सभ्य र समुन्नत समाजकाे थालनी ” भन्ने मुल नाराका साथ टीकापुरका विभिन्न

अझै पढ्नुहोस्
Highlights

स्वास्थ्यकर्मिहरुलाई हाजिर गर्न नदिए पछि धर्ना सुरु

धनगढी- धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दाेलित भएका छन्। कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी समायोजन मिलान सम्बन्धि मापदण्ड, २०७७ र स्वास्थ्य

अझै पढ्नुहोस्