टीकापुर नगरपालिकालाइ नगर साक्षर घाेषणा

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकालाइ नगर साक्षर घाेषणा गरिएकाे छ ।

“साक्षर नेपाल,समृद्ध नेपाल र सुखि नेपाली” भन्ने मुल नाराका साथ टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा सामाजिक विकास मन्त्री लालबहादुर खड्काले एक कार्यक्रमका विच टीकापुर नगरपालिकालाई नगर साक्षर घाेषणा गरिएकाे हाे ।

नगर साक्षर घाेषणा कार्यक्रम टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावलकाे अध्यक्षता भएको थियाे भने सामाजिक विकास मन्त्री लालबहादुर खड्का प्रमुख अतिथि रहनुभएकाे थियाे ।

टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीकाे स्वागत मन्तब्य संगै सुरु भएको नगर साक्षर घाेषणा कार्यक्रममा प्रदेश सभासद उमा देवि वादि विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरी, लाेकतान्त्रीक समाजवादी लक्ष्मण किशोर चाैधरी, प्राकृतिक स्रोत तथा व्यवस्थापन केन्द्रका डिन ओेम प्रकास सिंह, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष याेगेश रावल, नगर शिक्षा समितिका सदस्य अर्जुन रावल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गर्ने क्रममा विहिवार र शुक्रबार टीकापुरमा वडा नं. १, २ ३, ४, ५, ६, ७, ८ र ९ लाइ साक्षर घाेषणा गर्दै शनिवार नगर साक्षर घाेषणा गरिएका हाे । टीकापुर नगरपालिकाकाे साक्षरता दर ९८ प्रतिशत रहेको जनाइएको छ ।

सामाजिक विकास मन्त्री लालबहादुर खड्काले टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावललाई प्रमाण पत्र प्रधान गरि टीकापुर नगरपालिकालाई नगर साक्षर घाेषणा गरिएको थियोे ।
कार्यक्रम संचालन कर्णाली मा.वि. टीकापुरका प्रधानध्यापक धर्मराज शर्माले गर्नुभएको थियाे ।

ताजा खबर

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

Lucky Jungle Kasino – Välsignad Lycka i Dolda Regnskogar

Glücksspiele bei BetOnRed Casino: Strategien und Erfahrungen von Spielern in Deutschland

सम्बन्धितखवर

छुटाउनु भयो कि !