नाेबेल सहकारीकाे कुल काराेबार ४ कराेड ७१ लाख ३८ हजार ६ सय

शेयेर गर्नुहोस

सुदिप वि.क

टिकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न १ स्थित नाेबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आ.व २०७७/०७८ मा कुल काराेबार ४ कराेड ७१ लाख ३८ हजार ६ सय ६३ रहेको छ ।

!

नाेबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १३ औं बार्षिक साधारण सभामा अध्यक्षता सँगै बार्षिक प्रगती प्रतिबेदन प्रस्तृत गर्दै सहकारीले गत बर्ष भन्दा यस बर्षमा कुल काराेबार २१.७१ प्रतिशतले बृद्वी भएको बताए ।

प्रस्तृत प्रतिबेदनमा संस्थाकाे कुल मुनाफा ७ लाख ३० हजार १ सय ७९,कुल जगेडा काेषमा ४४ लाख १७ हजार ५ सय ७३,कुल ऋण लगानीमा ४ कराेड १६ लाख ८१ हजार १ सय ४८,निक्षेप रकममा २ कराेड ७७ लाख २५ हजार २ सय ५५,र संस्थाकाे शेयर पुजी ८६ लाख ४७ हजार ५ सय रुपैया उल्लेख रहेको छ ।

प्रतिबेदन प्रस्तृत गर्दै सहकारीका अध्यक्ष डा लाल सिँह टमट्टाले ६ लाख २५ हजार बाट सुरु भएको सहकारी हाल सबल सहकारीकाे रुपमा बिकास भएको संस्थाकाे थप उन्नती र प्रगतीका लागी लगनशील भएर रणनीतिक याेजनाहरु बनाईरहेकाे बताए ।

प्रमुख अतिथि रहेका टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले नगरपालिका भरिमा हाल ७४ वटा सहकारी रहेको भन्दै नगरपालिकाले हाम्राे सहकारी राम्रो सहकारी भन्ने अभियानका साथ सहकारीसंग सहकार्य गरीरहेकाे बताए ।

बिशिष्ट अतिथी रहेका नगरपालिकाका सहकारी शाखा प्रमुख नन्द केसीले हाम्राे सहकारी राम्रो सहकारी भन्ने अभियान सुरु गरेको बताउदै पहिलो बर्ष भएकाले सहकारीकाे बास्तविक अवस्था बुझिरहेकाे र साे अनुसार सहकारीकाे बिकास लागी गतिविधिहरु अघि बढाईने बताए ।

साधारण सभामा सहकारीलाई बिभिन्न माध्यमबाट महत्त्वपूर्ण सहयोग तथा याेगदान गर्ने ९ जना लाई प्रशंषा पत्र सहित सम्मान गरिएको थियाे ।

त्यस्तै साधारण सभामा संघसंस्थाकाे तर्फ बाट जवालसिंह तिरुवा,जनकल्याण बचत तथा ऋण सहकारीमा प्रबन्धक छबिलाल जैशी, जागरुक नागरिक कृषि सहकारीकि उपाध्यक्ष ज्याेती बिश्वकर्मा,पत्रकार शेर बहादुर बिष्ट,सुदिप बिक र रतन चाैधरी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सहकारीका उपाध्यक्ष जित बहादुर आउजीले स्वागत गरेको कार्यक्रमकाे संचालन सचिव नारायण बिश्वकर्माले गरेका थिए ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

कैलाली ३ (क) र (ख) मा नागरिक उन्मुक्ति बिजयी

जमुना न्युरे,सुखड / कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन । अन्तिम मतपरिणाम अनुसार ३

अझै पढ्नुहोस्
समाचार

एक दशक पछि फेरि गरियो परिक्षण उडान

धनगढी/टीकापुर विमानस्थल संचालनका लागि भन्दै नागरिक उडड्यन मन्त्रालयले गरेको पत्राचार अनुसार धेरै बर्ष देखि अलपत्र रहेको टीकापुर बिमानस्थलमा आज परिक्षण उडानको क्रममा नेपाल वायुसेवा निगमको

अझै पढ्नुहोस्