टीकापुरका समाजसेवी कालुसिंह कडायतकाे निधन

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका पूर्व वडा अध्यक्ष कालुसिंह कडायतको निधन भएको छ । कडायतको ६६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । मंगलबार विहान पेट दुख्यो भनेर टीकापुर अस्पतालमा उपचारका लागि जानु भएका कडायतको अकस्मात निधन भएको हो । 

लामो समय शिक्षण पेशामा रहनु भएका कडायत २०५४ सालको स्थानीय निकायको निर्वाचनमा टीकापुर नगरपालिका वडा नम्बर ९ (हाल वडा १) को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । तत्कालिन वडा अध्यक्ष सूर्यचन्द्र भट्टराई जिल्ला विकास समितिको क्षेत्रीय सदस्यमा उम्मेदवार बनेपछि कडायतले चार वर्षसम्म कार्यवहाक वडा अध्यक्षको रुपमा काम गर्न भएको थियो ।

भट्टराईले ‘कडायत एक इमान्दार, लगनशील, खरो स्वभाव भएका र सामाजिक काम योगदान पुर्याउनु भएको व्यक्तित्व’का रुपमा स्मरण गर्नुभएको छ ।
कडायत नेकपा एमालेको टीकापुर नगरकमिटि, कैलाली जिल्ला कमिटि सदस्य पनि हुनुहुन्थ्यो । सादगीपूर्ण जीवन र सरल स्वभावका कारण कडायत समाजका प्रिय हुनुहुन्थ्यो ।  

कडायतको शवलाई टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० स्थित घरमा राखिएको र बुधबार कर्णाली नदीस्थित दौलतपुर घाटमा अन्तिम संसकार गर्ने तयारी भएको परिवारजनले जानकारी दिएका छन् । स्वर्गीय कडायत अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर १ गवानीमा जन्मिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

आगन्तुक कर्‍याङकुरुङ सारस चरा सामरचौरामा रमाउदै

जमुना न्युरे,धनगढी/ जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ करिब पाँच

अझै पढ्नुहोस्
समाचार

आगामी वर्ष डडेलधुराकाे खेल मैदान निर्माण गर्न बजेट बिनियाेज गर्ने : मन्त्री देउवा

डेलधुरा ।सुदूरपश्चिम प्रदेश सरकारका भाैतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा डडेलधुरा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट बिनियाेजन गर्ने बताएका छन् ।शुक्रबार डेडेल्धुरामा

अझै पढ्नुहोस्