टीकापुरका समाजसेवी कालुसिंह कडायतकाे निधन

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका पूर्व वडा अध्यक्ष कालुसिंह कडायतको निधन भएको छ । कडायतको ६६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । मंगलबार विहान पेट दुख्यो भनेर टीकापुर अस्पतालमा उपचारका लागि जानु भएका कडायतको अकस्मात निधन भएको हो । 

लामो समय शिक्षण पेशामा रहनु भएका कडायत २०५४ सालको स्थानीय निकायको निर्वाचनमा टीकापुर नगरपालिका वडा नम्बर ९ (हाल वडा १) को वडा सदस्यमा निर्वाचित हुनु भएको थियो । तत्कालिन वडा अध्यक्ष सूर्यचन्द्र भट्टराई जिल्ला विकास समितिको क्षेत्रीय सदस्यमा उम्मेदवार बनेपछि कडायतले चार वर्षसम्म कार्यवहाक वडा अध्यक्षको रुपमा काम गर्न भएको थियो ।

भट्टराईले ‘कडायत एक इमान्दार, लगनशील, खरो स्वभाव भएका र सामाजिक काम योगदान पुर्याउनु भएको व्यक्तित्व’का रुपमा स्मरण गर्नुभएको छ ।
कडायत नेकपा एमालेको टीकापुर नगरकमिटि, कैलाली जिल्ला कमिटि सदस्य पनि हुनुहुन्थ्यो । सादगीपूर्ण जीवन र सरल स्वभावका कारण कडायत समाजका प्रिय हुनुहुन्थ्यो ।  

कडायतको शवलाई टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १० स्थित घरमा राखिएको र बुधबार कर्णाली नदीस्थित दौलतपुर घाटमा अन्तिम संसकार गर्ने तयारी भएको परिवारजनले जानकारी दिएका छन् । स्वर्गीय कडायत अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर १ गवानीमा जन्मिनु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

धनगढीको उर्मामा काठ चोरीको अभियोगमा सामुदायिक वनका सचिव पक्राउ

धनगढी,८ मंसिर/धनगढी को एक सामुदायिक वनका सचिव पक्राउ परेका छन् । उपमहानगरपालिकाको एक सामुदायिक वनका सचिवलाई काठ चोरीको अभियोगमा सव डिभिजन वन कार्यालय फूलबारीले पक्राउ

अझै पढ्नुहोस्
खेलकुद

नेपाललाई जेम्बावे ए को ८८ रनकाे सामान्य लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा जिम्बावे ए ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर

अझै पढ्नुहोस्
अर्थ

सुनचाँदीको मुल्यमा सामान्य गिरावट

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट विद्यार्थीलाई न्यानाे कपडा बितरण

टीकापुर/टीकापुर नगरपालिकाको जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट आर्थिक अवस्था कम्जाेर भएका बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट श्री भानुभक्त आधारभुत बिद्यालय टीकापुर ९

अझै पढ्नुहोस्