टीकापुरका नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा दुई दिन देखि भएको नगर अनुदान शिक्षककाे आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।
विहिवार नगरपालिका विच सेवा सुविधा बढाउने सहमति पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको हाे ।

नगरपालिका विच सेवा सुविधा बढाउने सहमति पछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेकाे नगर अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष ध्वज बहादुर ओडले जानकारी दिनुभयो । नगर अनुदान शिक्षकहरुकाे आगामी आर्थिक वर्ष देखि १५ प्रतिशत पारिश्रमिक बढाउने सहमति गरेकाे छ ।

नगरपालिकाकाे तर्फबाट सामाजिक विकास समिति संयोजक लालविर चाैधरीले र नगर अनुदान शिक्षक संघर्ष समितिकाे तर्फबाट नगर अनुदान शिक्षक संघर्ष समितिका अध्यक्ष ध्वज बहादुर ओडले हस्ताक्षर गरेका छन् । असार ३ गते हुने टीकापुर नगरपालिका नगर कार्यपालिकाकाे बैठकबाट रकम सुनिश्चित गरिने गरि सम्झौता भएको सामाजिक विकास समिति संयोजक लालविर चाैधरीले बताउनुभयो । नगर अनुदान शिक्षक संघर्ष समितिले आफुहरुकाे सेवा सुविधा बढाउन माग गर्दै बुधबार देखि आन्दोलनका चरणबद्ध आन्दोलनका कार्यक्रम सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

६९ औं प्रहरी दिवस २०८१ कार्यक्रम सम्पन्न

धनगढी/कैलालीको आयोजनामा सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यूको प्रमुख आतिथ्यतामा एक समारोहका बिच ६९औं प्रहरी दिवस २०८१ भव्यताका साथ सम्पन्न भएको छ

अझै पढ्नुहोस्
समाचार

सेवा निवृत्त सुविधा रकम पाएनन् कर्मचारीले

धनगढी उपमहानगरपालिकामा अधिकृत छैठौं तहमा कार्यरत प्रभा भण्डारीले गत पुसमा स्वएच्छिक अवकास लिइन् । अवकास लिएसँगै पाउनु पर्ने सेवा निवृत्ति सुविधा रकमका लागि कागजात जुटाइन्

अझै पढ्नुहोस्
समाचार

कांग्रेसको अभियान : भूकम्प प्रभावित क्षेत्रमा वस्ती निर्माण गर्दै नैनसिंह महर

जाजरकोट- कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला रावतको घरमात्र भत्काएन। बुढेसकालको सहाराका रूपमा रहेका छोराहरू ९ वर्षीय सुदन र २

अझै पढ्नुहोस्
घटना

कैलालीमा अर्जुन हत्याको विरोधमा प्रदर्शन, प्रहरी – हत्यारा पहिचान गरिसक्यौं

टिकापुर / घाँटी छिनालेर हत्या गरिएका कैलालीका अर्जुन दासका हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै प्रदर्शन भएको छ । हत्याको विरोधमा टीकापुरस्थित ईलाका प्रहरी कार्यालय अगाडि

अझै पढ्नुहोस्