टिकापुरकाे विकासका लागि नागरिक उन्मुक्ति पार्टी राेज्नुस् : पण्डित

शेयेर गर्नुहोस

बालुवाटार (खक्राैला) / जनजाति ,दलित र राज्य बाट उपेक्षित समुदायले समन्वय गरेर आगामी चुनावमा नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गरे यहाँका नागरिकको समृद्धि हुने बताइएको छ । साे कुरा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा प्रवक्ता दामोदर पण्डितले टिकापुर ९ मा भएको एक कार्यक्रममा बताए ।

थारु समुदायकाे पहिचान र दलित समुदायको उन्मुक्तिका लागि नागरिक उन्मुक्ति पार्टीलाई आगामी चुनावमा भाेट हालेर जिताउन उनलेे आग्रह गरे ।

जनजाति र दलित समुदायलाई टेकेर अन्य दलले संधै सत्तामा जाने सिंढी मात्र बनाएको उनलेे बताए । विभेदमा पारिएका दलित समुदायले आफ्नो आँसु आफै पुछ्न नागरिक उन्मुक्ति पार्टीमा गाेलबन्द हुनुपर्नेमा जाेड दिए । आगामी चुनावमा जनजाति र दलितले नागरिक उन्मुक्ति दललाई मत दिए टिकापुरमा सत्ता लिन सकिने उनलेे दावी गरे ।
नागरिक उन्मुक्ति पार्टी स्थापना भएको ३४ दिन मात्र भएता पनि देशभरि तरंग उत्पन्न भएको उनलेे दावी गरे ।

कार्यक्रममा पार्टीको टिकापुर ९ खक्राैला( एकता नगर) माटोल कमिटी चयन भएको छ ।
सविता मिस्रीकाे संयाेजकत्वमा २३ सदस्यीय टोल कमिटी चयन भएको जानकारी प्राप्त भएको हो । जस्काे सह संयाेजकमा भाेजराज चाैधरि सचिव भारती वड र काेषाध्यक्षमा धन बहादुर वड रहेका छन् ।

स्थानीय वयोवृद्ध सम्य मिस्रीकाे अध्यक्षतामा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामाेदर पन्डित प्रमुख अतिथि रहेका थिए । कमिटी गठन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा टिकापुर नगरपालिका ईन्चार्ज रामलाल डगाैरा थारु , केन्द्रीय सदस्य रमेश वि.क., केन्द्रीय सदस्य दिपक निसानीले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

वाताबरण सहकारी संस्थाको १७ औं साधारणसभा सम्पन्न

मसुरिया/वातावरण संरक्षण बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड गौरीगंगा ८ कैलालीको १७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष फुल कुमारी मल्लको सभापतित्वमा भएको सभामा

अझै पढ्नुहोस्
समाचार

थारु भाषा, कला संस्कृति संरक्षणमा सहयोग गर्छु : आर्थिक मन्त्री चौधरीले

धनगढी, ६ चैत । थारु गीत संगीत मार्फत थारु भाषा, कला संस्कृति संरक्षणमा सहयोग पुगेको सुदूरपश्चिम प्रदेशका आर्थिक मन्त्री घनश्याम चौधरीले बताएका छन् । बर्दगोरिया

अझै पढ्नुहोस्
राजनीति

दुई ठुला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै हो : काँग्रेश नेता कोइराला

धनगढी पुस ५ नेपाली काँग्रेसका नेता डाक्टर शेखर काइरालाले दुई ठुला दल मिलेर बनेको सत्तागठबन्धनको सरकार ढल्छ भन्नु हल्ला मात्रै रहेको बताएका छन् । आज

अझै पढ्नुहोस्
खेलकुद

प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिताको सुरु

धनगढी/धनगढीमा प्रथम-U21 राष्ट्रिय पुरुष तथा महिला खो-खो प्रतियोगिता सुदुरपश्चिम प्रदेश स्तरिय आज देखि धनगढी उप महानगर पालिका वडा ३ त्रिभुवन माध्यमिक बिधालय बोराडाडीमा सुरु भएको

अझै पढ्नुहोस्