ब्यवसायीको लगानी सुनिश्चित हुने वातावरण श्रृजना गछौँः मन्त्री धामी

शेयेर गर्नुहोस


धनगढी/सुदुरपश्चिमका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले ब्यवसायीहरुको लगानी सुनिश्चित हुने वातावरण श्रृजना गर्ने बताएका छन् । नेपाल बन पैदावार उधोग ब्यवसायी महासंघ सुदुरपश्चिमको तेश्रो साधारणसभालाई उद्घाटन गर्दै मन्त्री धामीले राज्यको आम्दानीका श्रोत ब्यवसायीनै भएका कारण ब्यवसायीलाई मार्ने निति नबन्ने बताएका हुन् ।

अहिलेको अवस्थामा ब्यवसायीहरुलाई ठुलो पिडा छ मन्त्री धामीले भने “अरुका पिडा सम्बोधन गर्न संघ सरकार देखी अन्य निकाय धाउनुपर्छ होला तर बन पैदावार उधोग ब्यवसायीका समस्या यही सरकारले हल गर्ने हो, तपाइहरुको महासंघ भित्र बनपनि पर्छ अनी उधोगपनि हामीले यही क्षेत्रबाट सुदुरपश्चिमको आर्थिक बिकासमा महत्वपुर्ण योगदान दिने भनेका छौँ, त्यस कारणपनि यो क्षेत्रलाई निरुत्साहित हैन प्रोत्साहन हुने वातावरण श्रृजना गर्नुपर्छ ।”

काठ खरिद बिक्रि र संकलन गर्ने समय लगायतका बिभिन्न समस्या तपाई बन पैदावार उधोग ब्यवसायीहरुले राख्नुभएको छ यो मैले बुझेको छु मन्त्री धामीले भने “तपाइहरुका समस्या छन्, बिगतमा धेरै समस्या थिए म आए लगत्तै धेरै कुराको सम्बोधन गरेको छु, बैज्ञानिक बन बन्द गरिएर यहाँको काठ बनमै कुहिने स्थिती भइरहेको थियो त्यसको निराकरणका लागी मन्त्रालयले आधा काम अगाडी बढाइसकेको छ, बैज्ञानिक अथवा दिगो बन नाम फरक हो यसको परिणाम एउटै हुन्छ त्यस कारण जसरीपनि उपभोक्ता, ब्यवसायी र राज्यलाई फाइदा हुने गरी हामी काम गर्ने छौँ ।”

समस्या सबै क्षेत्रमा छ, मेरो मन्त्रालय अन्तर्गत उधोग, बन अनी पर्यटन पर्छन यि सबै समस्या भएकै क्षेत्र छन् उनले भने “म तपाइहरुका अगाडी आएर भन्दै छु, समस्या छन्, तिनको समाधान गर्नुपछृ म एक्लै मन्त्रीले त्यो गर्न सक्दैन, कर्मचारी, ब्वयसायी, जनता संगै सबै सकारात्मक हुनुपर्छ, एक जनाका लागी नसोचौँ सबैका लागी र यो प्रदेशका लागी सोचौँ अनी बिकास हुन्छ, तपाइहरुका समस्या बारे म गम्भिर छु, कसरी हल गर्न सकिन्छ आउनुस छलफल गरौँ र यसको निकास निकालौँ, समस्या भएका क्षेत्रको समाधान गरौँ, कर्मचारी साथीहरुपनि तलव खान मात्रै काम नगरौँ काम देखाउन काम गरौँ भन्ने मेरो आग्रह छ ।”

नेपाल बन पैदावार उधोग ब्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष हिक्मत कुँवरको अध्यक्षतामा आयोजित साधारणसभामा कार्यक्रममा नेपाल बन पैदावार उधोग ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मञ्जिल बाबु मास्के, उपाध्यक्ष बिर बहादुर बुढाथोकी, सचिव जिवनाथ पौडेल, डिभिजन बन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेल, केन्द्रिय सदस्य पदम ओझा, केन्द्रिय सल्लाहकार प्रकाशचन्द्र भट्ट, पुर्व केन्द्रिय सदस्य गोकर्ण भट्ट, कृष्ण देउवा, ललित बोहरा लगायतका अतिथीहरुको सहभागिता थियो । साधारणसभाबाट आजै नयाँ नेतृत्व समेत चयन हुने बताइएको छ ।

ताजा खबर

The Comprehensive Guide to Pettable ESA Letter Expenses

Feinste Online Portomaschinen: Ein Leitfaden für das ultimative Pc-Spiel-Erlebnis

The Home Associated With Online Slot Games

बिरबहादुरको एक कलले बचायो करिब ३० परिवार

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Интересные возможности онлайн-казино с olimp casino вход гарантируют яркий досуг и выгодные условия игры

Интересные возможности онлайн-казино с olimp casino вход гарантируют яркий досуг и выгодные условия игры Разнообразие игровых автоматов и слотов Выбор провайдеров и качество графики Бонусная

अझै पढ्नुहोस्