जानकी/ जानकी गाउँपालिका वडा नं. १ मा नागरिक उन्मुक्ति पार्टीको कार्यालय उद्घाटन गरिएको छ ।
बुधबार नागरिक उन्मुक्ति पार्टीको कार्यालय पार्टीका केन्द्रिय अध्यक्ष रञ्जिता श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले नागरिक उन्मुक्ति पार्टी भाषणमा मात्र सिमित नभएर सदैव जनताको हितमा सकारात्मकरुपमा अग्रसर रहने बताउनुभयो ।
पण्डितले भन्नुभयो–‘आफुलाई ठुला राजनितिक दल बताउनेहरुले राष्ट्रलाई दोहन गरेर संकलित रकमले राजनिति गर्दैछन् सो कुरा जनताले समेत बुझिसकेका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा जनता समाजवादी पार्टीका कैलाली जिल्ला सचिवालय सदस्य खकेन्द्र बिकले नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ ।
उहाले नागरिक उन्मुक्ति पार्टीप्रति आफु आकर्षित भएर प्रवेश गरेको बताउनुभएको छ ।
सो कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका कोषाध्यक्ष कोमल ज्ञवाली, पत्रकार गणेश चौधरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन समाजसेवी तथा युवा नेता ललित ताम्राकारले गर्नु भएको थियो ।
पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ । नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।