जाडाे बढे संगै सत्ति कर्णाली वनले चाेक चाेकमा दाउरा वितरण

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला,
टीकापुर/कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित रहेकाे जिल्लामै बेतबाँस र अजिङ्गरकाे खानीका रुपमा परिचित सत्ति कर्णालि सामुदायिक बनद्वारा टीकापुरका बिभिन्न चाेक दाउरा वितरण गरिरहेको छ ।

सामुदायिक वनले सेवा क्षेत्रमा रहेका करिब १ दर्जन चाेकमा आगाे ताप्नका लागि नि:शुल्क दाउरा वितरण गरेको हाे । सत्ती कर्णाली सामुदायिक वनले आफ्ना उपभोक्ताहरु र सडकमा यात्रा गर्ने यात्रीहरुलाई मध्ये नजर गर्दै टीकापुर नगरपालिका वडा न ६ ७ र ८ का विभिन्न चाेकहरुमा आगाे ताप्ने ब्यवस्था मिलाएकाे सामुदायिक वनका अध्यक्ष धनसिह साउँदले जानकारी दिनुभयाे ।

उहाँले जाडाेकाे समयमा बुढाबुढिहरु आफ्ना उपभोक्ता लगायत सडकमा यात्रा गर्ने यात्रीहरुलाई राहत हाेस भनी सामुदायिक वनले साबिक धनसिपुर नारायणपुर का विभिन्न चाेक चाेकमा आगाे ताप्न दाउरा वितरण गरेकाे बताउनुभयाे । अध्यक्ष साउंदका अनुसार सामुदायिक वनले हरेक वर्ष यसरी नै चाेक चाेकमा र जेष्ठ नागरिकाे लागि दाउरा वितरण गर्दै आएकाे बताएका छन ।

साेमबार सामुदायिक वनले आफ्नै ट्याक्टर प्रयाेग गरेर आफ्नाे सेवा क्षेत्रका बिष्णुकान्तिपुर , सत्तीबजार, बटनपुर, बालुवाटावर, हुलाकी चाेक, नारायणपुर , कर्णाली पुल, झुङ्गा , सुर्यपुर , बनगाउ लगायतका चाेक चाेकमा दाउरा वितरण गरेकाे सामुदायिक वनका कार्यालय सचिब मीन बहादुर ठकुल्लाले जानकारी दिनुभयाे ।

सामुदायिक वनले हरेक वर्ष आफ्ना उपभोक्ताहरु काे हित, संरक्षण र आय आर्जनका क्षेत्रमा सहयाेग गर्दै आएको छ भने हरेक वर्ष सामाजिक कार्य पनि गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

संघ सरकारले अधिकारलाई बिकेन्द्रीकृत गर्नुपर्छः मुख्यमन्त्री शाह

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमी सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ । मंगलबार भूमि समस्या

अझै पढ्नुहोस्
खेलकुद

सुखडमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने

सुखड । कैलालीको घोडाघोडी नगपालिका–१ सुखडमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र खेल क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

जन्मदिनको अवसरमा कार्यकारी सम्पादक न्युरेले गरिन भोजन दान

नेपाल प्रेस युुनियनकी केन्द्रीय सदस्या तथा कैलाली जिल्लामा लामो समयदेखि पत्रकारीता पेशामा आवद्ध जुझारु पत्रकार तथा हाम्रो यश अनलाइन कि कार्यकारी सम्पादक जमुना न्युरेले आफ्नो

अझै पढ्नुहोस्
समाचार

११औं वार्षिक साधारणसभा सम्पन्न

सुखड/घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल सामुदायिक बन उपभोक्ता समुह नारायणपुरको ११ औ बार्सिक साधारणसभा आज सप्पन्न भएको छ । सामुदायिक बनका अध्यक्ष पार्बती

अझै पढ्नुहोस्