जहरीमा वर्षेनि पिउने पानीको समस्या

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको सुगम नगरपालिका भनेर चिनिने घोडाघोडी नगरपालिका वडा न ८ मा गर्मियामको समयमा पिउने पानी पाइदैन ।

घोडाघोडी नगरपालिकाको वडा ८ मा पर्ने जहरी गाउँमाको उतरी टोलमा रहेको बस्ती करिब ५०० घरधुरी रहेको ठाउँमा पिउने पानीको अभाव रहेको स्थानीय उतम बहादुर बुढा मगरले बताए । जसरी गर्मियाम बढे सङै पानी पनि बढी खपत हुने गर्दछ तर यहाँका मान्छेलाइ पेटभरि खानेपानी पिउनका लागि २ किलोमीटर भन्दा टाढा पानी लिन जानू पर्ने बाध्यता रहेको छ न त खानेपानी नहुदा गर्मियाम नुहाउन , शौचालय जान , खाना पकाउने सङै खेतवारीमा लगायका तरकारीले ,मोटर बाट पानी तान्नका लागि समेत बिधुतको पावर कम भयका समेत पानी नहुदा निकै कष्टकर जीवन बिताउनु परेको स्थानीय गणेश साउदले बताए ।

यहाँ नजिकैको बौराहा खोलामा पनि गर्मीमा पानी सुकेको हुनाले गाइवस्तुले पनि सफा पिउने पानी खान पाएका छैन । गर्मियाममा यो बस्तीमा पेटभरी पानी खान सकिँदैन यस्का लागि नगरपालिकाको कार्यलय ,वडा कार्यलयलाइ जानकारी गराइएको र पानी ताने मोटरका लागि बिधुत का लागि घोडाघोडी ग्रामीण बिकास बिधुत सहकारी सस्थालाइ पनि ट्रान्सर्फमर राख्नका लागि पटक जानकारी गराउदा कुनै कुराको सुनुवाइ नभएको स्थानीय टेक बहादुर बिकले बताए ।

यता वडा अध्यक्ष वीर बहादुर साउदले भने बर्सेनि पानी गर्मियाम पानीको समस्यालाई समाधान गर्नका लागि आफुले नगरपालिका बाट बोरिङ्ग मैनापोखरीमा खानेपानी निमार्णका लागि ठुलो योजना निर्माण गरि खानेपानी ट्याङ्की निर्माण भइरहेको बताए ।
घोडाघोडी नगरपालिका प्रमुख खडक बहादुर रावतले भने बिधुतको ट्रान्सर्फमर राख्न र खानेपानी योजना समयमा निर्माण गरि यहाँ बासिन्दालाइ पिउने पानी को अब धेरै समय नलागाएर समयमा सप्पन्न गर्न आफुले पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

होमस्टेको सुदूरपश्चिम प्रदेश अध्यक्षमा दहित

धनगढी/कार्यक्रममा प्रकृति सस्कृती र पर्यटन नेपालको पहिचान सकृती मुलुक निर्माण होमस्टेको अभियान भन्ने मुल नाराका साथ सुरु भयको होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश स्तरिय पर्यटन

अझै पढ्नुहोस्
अर्थ

घोडाघोडी नगरपालिकको बजेट १ अर्ब १ करोड २३ लाख बढि

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷ ०८० को नीति तथा कार्यक्रम सहित १ अर्ब १ करोड २३ लाख २९ हजारको बजेट

अझै पढ्नुहोस्
समाचार

सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन

सुखड/सुदुरपस्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना सेती राजमार्गको ट्र्याक खोल्ने बिषयमा छलफल सहित अनुगमन गरिएको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा बरघर/ भलमन्सा सम्मेलन सम्पन्न, बरघर प्रथाले कानुनि मान्यता पाउने

टीकापुर/ कैलाली टीकापुर नगरपालिकामा बरघर/भलमन्सा सम्मेलन सम्पन्न भएको छ । शनिवार एक भव्य कार्यक्रमका बिच टीकापुरमा वरघर सम्मेलन भएको हाे । प्रमुख अथिति रावलले वरघर/भलमन्सा

अझै पढ्नुहोस्