घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा बिहीबारबाट घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीको सभापतित्व सँगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका मेयर खडकबहादुर रावत रहेका थिए ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख रावतले महोत्सवले स्थानीय कला संस्कृति संरक्षण र पहिचान सँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । “यहाँ रहेको उद्योग वाणिज्य सङ्घले महोत्सव सञ्चलन गर्नु पर्ने हो । मैले पहिले नै वाणिज्य सङ्घको क्यालेन्डरमै महोत्सव सञ्चालन गर्ने कार्यतालिका राख्नुस् भनेर सुझाव दिएको थिए । निर्वाचित भएको पहिलो वर्ष तामझामका साथ आयोजना गर्ने अनि पछि सुस्ताउने कुरा राम्रो भएन ।” उनले भने ।

कृषि, पर्यटन, उद्योग र व्यापार: समृद्ध घोडाघोडीको आधार भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ ६ गते सम्म चल्ने छ । महोत्सवमा ख्याति प्राप्त कलाकार देखि स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मस्तिष्क मृत्युबाट हुने अङ्गदान र प्रत्यारोपण सम्बन्धि अन्तरक्रिया सप्पन्न

जमुना न्युरे ,धनगढी / अङ्गदान र मृगौला पत्यारोपणामा महिलाहरु ८०% पुरुष लाई दिएर बचाएको पाइयो तर महिलाहरु आफू तेहि बिरामी पर्दा पुरुष हरुले आनाकानी गर्ने

अझै पढ्नुहोस्
समाचार

अझै भएन समस्या समाधन मुक्त कमैयाहरुको

जमुना न्युरे,धनगढी /कैलाली कंचनपुर , बर्दिया , बाके र दाङ जिल्लामा रहेका मुक्त कमैयाहरु को सरकारले मुक्त घोषणा गरेको २३ बर्ष पुगि सक्दा पनि अझै

अझै पढ्नुहोस्
समाचार

आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

धनगढी/नेपाल सरकार उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगद्वारा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहको प्रमुख आथित्यतामा अर्थमन्त्रालयका पुर्व सचिव तथा

अझै पढ्नुहोस्
समाचार

वडीकेदार गाउँपालिका गाउँ प्रशासनीक भवनको उदघाटन गरे मुख्यमन्त्री शाहले

वडीकेदार गाउँपालिका गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासनीक भवनको उदघाटन सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएकोछ । नवनिर्मित भवन उदघाटनका अवसरमा आफनो भनाई

अझै पढ्नुहोस्