घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा बिहीबारबाट घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव सुरु भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रका अध्यक्ष नवीन क्षेत्रीको सभापतित्व सँगै सुरु भएको कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका मेयर खडकबहादुर रावत रहेका थिए ।

कार्यक्रममा बाेल्दै नगर प्रमुख रावतले महोत्सवले स्थानीय कला संस्कृति संरक्षण र पहिचान सँगै यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । “यहाँ रहेको उद्योग वाणिज्य सङ्घले महोत्सव सञ्चलन गर्नु पर्ने हो । मैले पहिले नै वाणिज्य सङ्घको क्यालेन्डरमै महोत्सव सञ्चालन गर्ने कार्यतालिका राख्नुस् भनेर सुझाव दिएको थिए । निर्वाचित भएको पहिलो वर्ष तामझामका साथ आयोजना गर्ने अनि पछि सुस्ताउने कुरा राम्रो भएन ।” उनले भने ।

कृषि, पर्यटन, उद्योग र व्यापार: समृद्ध घोडाघोडीको आधार भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ ६ गते सम्म चल्ने छ । महोत्सवमा ख्याति प्राप्त कलाकार देखि स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।

ताजा खबर

Genuine Cash Slots Online PayPal: A Comprehensive Overview to Playing and Winning

Discover the Adventure of Free Live Roulette Online

Comprehending ESA Letters in Nevada

WinSpirit Account Verification Failed: What to Do

BetPlay Casino Mobile Play: Sessioni Veloci e Azione Crypto Immediata

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीका थारू समुदाय लवाङ्गी पूजामा रमाउँदै

यहाँका थारू समुदाय आज बिहानैदेखि लवाङ्गी पूजाको तयारीमा जुटेका छन् । नयाँ अन्न भित्र्याइसकेपछि प्रसादका रूपमा आफ्ना देवीदेवतालाई त्यो चढाउन यो समुदायले हरेक वर्ष विवाह

अझै पढ्नुहोस्